सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी फागुन २१ र २२ गते अगामी नेतृत्वका लागि साधारण सभा तथा अधिवेशन हुदैछ । २ वर्षे कार्याकालका लागि नया कार्यसमितीका पादाधिकारीहरु सर्वसम्मत निर्वाचित भएपनि सदस्यहरुमा आकांक्षी धेरै रहेकोले मतदान हुदैछ । उद्योग तर्फ एक महिला सहित ६ सदस्य पदमा निर्वाचन हुदैछ । खुला तर्फ ५ सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ भने एक पद महिला सदस्यका लागि पल्लवी न्यौपाने सहित ४ जनाको उम्मेदवारी छ । न्यौपानेको संघमा उम्मेदवारी किन र सदस्यले नेतृत्वका लागि किन मत दिने ? । जवाफ जस्ताको तस्तै

सर्वप्रथम त मेरो भनाई राख्ने अवसर दिनु भएकोमा धन्यवाद दिन चाहन्छ । सिद्धार्थ उद्योग वाणिज्य संघ एउटा व्यवसायीहरुको साझा संस्था हो । यहा सबै उद्योगी व्यवसायीहरुको हकहितमा रही व्यवसयिक विकास र आवश्यकता अनुसारको एजेण्डा माथी छलफल गरेर निजी क्षेत्रको खाका तयार गरेर सरोकारवालको निकाय सहितको एउटा सहकार्यमा मुलुकमा धेरै आर्थिक र समृद्धिका कार्यहरु एउटा आफैमा गरिमा बोकेको सस्थाको रुपमा चिनिन्छ ।
मैले यस सस्ंथामा दुई वर्ष कार्यकालमा रही काम गर्दा धेरै चुनौती पूर्ण कामहरु, निजि क्षेत्रको भुमिका, लगानी मैत्री वातावरण, मुलुकको आवश्यकताअनुसार चल्नु्पर्ने आर्थिक गतिविधि एंव राज्यले तोकेका कर, भयाटहरु, पर्यटन सम्बन्धीत, ओभर लोड, पार्किङ्ग, व्यवसायिकगुनासो, चोरी पैठारी, हाम्रो दोस्रो ठूलो भन्सार नाकामा हुने समस्या सम्बन्धी एजेण्डाहरु छलफल सहित काम गर्ने सुर्वण अवसर पाए ।
यस्तै आगामी दिनहरुमा पनि मतदाता ज्युहरु यहाको ईच्छा, अपेक्षा सहित हामीलाई दिएको जिम्मेवारीलाई मनन गरेर विगतका कमी कमजोरीलाई मुल्याङकन गर्दै लगानी मैत्री वातावरण, समृद्ध नेपाली एवम् व्यवसायी ज्युहरुको हकहितमा रही कार्ययोजना तय गरेर अगाडी बढ्ने अपेक्षा राखेकी छु ।