अजय कुमार गुप्ता ,असोज ३/
आज संविधान दिवस, किताब एक- नाम अनेक !!!
२०७२ मा संविधान जारी गर्नाको बखत माथीको मेरो यो तस्बिरले ठुलो सम्झना दिलाउछ। हिजो संविधान´७२ को बिरोध गर्ने मानिसहरुको संख्या औलामा गनिन सकिन्थ्यो । दर्जन भरी बिरोधीले जलाउदा यसलाई राज्यतर्फ बाट बिथोल्न/ पक्रन सयौको संख्यामा सुरक्षाकर्मी । तर पनि लाठि , धरपकड एव धम्कीका बाबजुत पनि संविधान 'जलायियो ' !!
२०७२को संविधानले के दियो ???????
> एक राजा फालेर दर्जनौ राजालाई संस्थागत ।
> बिश्वमा एक मात्र हिन्दु रास्ट्रलाई समाप्त गरि धर्म परिवर्तन गराउन अग्रसरलाई संरक्षण।
> नेतालाई धनी / मजबुत एव राज्य/ जनतालाई कंगाल ।
> बिश्वमा बिकसित मुलुकमा अग्रसर भएको नेपाल अब दरिद्र मुलुक भयो।
> आत्मनिर्भर खाद्यान्न देश अब भारतको चामल/तरकारीमा निर्भर ।
> पन्चायतमा बनेका संरचनामा बसेर आफ्नो/ नातागोता को महल निमाण गरे।
> नेपाली युवा/ युवतीहरुलाइ बेरोजगार बनाएर बस्तुको रुपमा बिदेश निर्यात गर्ने कार्य गरे मजदुरको रुपमा।
> पर्यटनको अत्याधिक आवागमनलाई बन्देज निरुत्साहित गरि देशलाई पर्यटक बिहिन गरे।
> जनतालाइ कर उठाउने मसिनको रुपमा प्रयोग।
> देशको नेपाली उध्योगी ब्यवसायीलाई असहयोग एव निरुत्साहित गरि बिदेशीलाई धन आर्जन गराउने कार्यलाई अघि बढाए।
> देशको कृषि / पर्यटन एव रोजगार मुलक कार्यलाई निरुत्साहित गरि नेपालीलाई बैंक मार्फत अनुपादक क्षेत्रमा बिलासिता जीवन बिताउन प्रोत्साहित गरे।
> शिक्षा क्षेत्रमा आत्मनिर्भर मुलुकको ठुलो लगानीलाई निरुत्साहित गरेर सबैलाई बिदेशमा पढ्न बाध्य बनाउनु।
> आफ्ना छोरा/ छोरीलाई बिदेश पढाउनु, देशको शिक्षालाइ धरासाही बनाउनु।
> आफू अनुकुल कानुन बनाएर बिदेशी मुलुकको प्रत्यक्ष हस्तछेप गराउनु।
> ठुलो देश अमेरिका/ चीन/ भारत संगको राम्रो सम्बन्ध स्थस्पित नगर्नु।
> देशको ढिकुटीलाई आफ्नो सेवा सुबिधा एव कर्मचारीलाई खुशी पारि भरणपोसणमा मात्र निहित राख्नु।
> आफुलाइ लाभ हुने गरि सबै सम्यन्त्र ठिक पारी सन्स्थागत भ्रस्टाचारलाई बढावा एव ढाकछोप गर्नु।
> राज्यको धरोहरमा रहेको आफैले उत्पादन गरेको डाक्टर , इन्जिनियर , बिध्यार्थी, जाङरिला युवा शक्ति बिदेशिने लहर ।
>रेमिटेन्स, बिदेशी रिणको भरमा आगामी योजना बनाउनु।
> देशमा धार्मिक द्वन्द चर्काउन ९०% ॐकार परिवारलाई चिढाउने अनेक हिन्दु बिरोधि कार्यहरुलाइ नियन्त्रण नगर्नसक्नु।
> राजनितीलाई पेसाको रुपमा प्रोत्साहित गरेर ३३,००० निर्वाचित जनप्रतिनिधिलाई तलब भत्ता बितरण गर्नु।
> सधै बुढोहरु आफू नमरुन्जेल राजनिती गर्ने सोचलाई निरन्तरता लाई थप बल प्रदान।
> समानुपातिकको नाउमा निर्वाचनमा कहिले पनि जित्न नदक्ने/अलोकप्रिय् आफ्ना नातागोता लाई सन्सद्/ मन्त्री बनाएर कमाउने भाणाको रुपमा अघि बढनु ।
> केन्द्रीकृत राज्य सत्तालाई बिकेन्दृत गरेर सासनलाइ सहज बनाउन संघीयतालाई अधिकार बिहिन बनाएर देशलाई थप आर्थिक सन्कट निम्त्याउनु।
# अन्त्यमा लेख्नु धेरै छ, तर थाके । माथीका सबै बुदाहरु सतप्रतिशत या आंशिक सहि, गलत होलान। तर यी सबैका कारण ठुला नेताहरुले राजा/ धर्म सबै फालेर आफू अनुरुप आफैले ब्याख्या गरेर बनाएको कानुन हो यो संविधान। आफ्नो अनुकुल न्याय, ब्यवसापिका एव कार्यपालिका सबै आफ्नो अधिनमा राखेर आफू संविधान माथी बस्ने कुनियतले बमाएको किताब लाई आज सबैले " तुटिपुर्ण ", " कालो दिनको" रुपमा परिभाषित गर्दैछन , बिरोध गर्दैछ्न। कयन मरे यसको बिरोध गदै गोलि खाएर । अब के यो संविधानको आयु सकिएको हो? के अब २०४७ नै आउने हो कि ? सैनिक सासन आउने हो कि? देशमा श्रीलन्का झै आन्दोलन हुने होकि ? मुलुक सकिएकै हो त?यी धेरै प्रश्नहरु सबैका मनमा खेल्दै छ .............
***कसलाई दिने सुभकामना सुबिधाभोगि नेतालाइ कि पिडित कंगाल जनतालाई ???????