अजय कुमार गुप्ता/
समानुपातिक मत कुनै एक समुह-क्षेत्र- जिल्ला नभइकन यसलाइ देशभरिका पार्टीप्रेमी मतदाताले विभिन्न क्लस्टरमा रहेका समावेसीताको आधारमा पार्टीको एजेन्डा लिएर एव आफ्नो क्षेत्रमा काबिल नेता जसले पार्टीको नेतृत्व गरि समग्र सदनमा बुलन्द आवाजका साथ नेतृत्व लिनसक्ने ब्यक्तीलाई मतदान गरिने मत हो।
अहिले सुनामीरुपि निर्वाचनमा पार्टीले अपेक्षा गरेको त्यो उल्लेखनीय परिणाम नआउदा हामी सबैमा केही निराशा त अवस्थ पनि छाएको छ। अझ ४ सिटमा खुम्चिनुले अझ कष्ट निम्त्याउनु स्वभाविक नै हो।कम संख्याले सबै क्लस्टर/उपर्युक्त नेता सदनमा नपुग्न सक्लान।त्यसैले अब सोचको मोडल बदलौ कि?अलि फरक ढङले केही नया योजना बनाउने कि? अहिले सोच्न जरुरी छ।
समानुपातिक चयनको त्यो परंरागत पुरानो मोडललाई अब नया ढङले कार्यकाललाई 50%( अर्थात 2.5 बर्ष)का लागि पठाउने , आधा अवधी सकिएपछि फेरि नपुगेको क्लस्टर/ अति महत्वपुर्ण नेतालाई पनि फेरि पार्टीले चयन गरेर बाकी कार्यकाल (2.5 बर्ष) पठाउनु उपर्युक्त हुन्छ।
यसले पार्टीलाई एक ढिक्का राख्नुको साथै सबैमा सम्मान,न्याय एव बिश्वासको बाताबरण जाग्ने छ। यो कसरी सम्भव छ भन्दा समानुपातिक सान्सद भनेको पार्टीले दिएको एक उच्च सम्मान - अवसर- जिम्मेवारी हो। पार्टीको निर्णय नै अन्तिम निर्णय भएकाले यस्ता नया बिधि लागुगर्न केन्द्रीय नेतृत्व एक ढिक्का भएर संभव हुनसक्छ।
सानो पार्टीलाई प्रतिनिधित्व मुलक ठूलो आकार,अधिकान्सलाई समेट्न सक्ने बिबादरहित एक नवीन अवसर/ प्रयास / सम्मान हुनेछ मेरो बिचारमा। आगे नेतृत्वले जानोस। चयन हुने नया माननियज्युहरुलाइ शुभकामना ।। जय राप्रपा , जय रास्ट्रवाद्![]()
![]()