अम्बिका खतिवडा
आज ८, मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वका महिलाले मुक्तिका लागि गरेका संघषर््ाको सम्झना गर्ने दिन हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर अन्र्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै छन् । सर्वप्रथम १९०९ फेब्रुवरी २८ बाट मनाउन सुरु भएको यो दिवस सन् २०२१ मा आइपुग्दा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा आज मनाइदैँछ । महिलाहरुले अहिले भोग्नु परेको सामाजिक, आर्थिक, र भौतिक लगायतका पीडाहरुले नारी दिवसका रुपमा मात्र नभएर उनीहरुलाई समानता र अधिकार दिनुपर्ने देखिन्छ । समानताका लागि महिलाले गरेका प्रयासको उच्च कदर गर्दै हामी बालिका तथा महिलाका आधारभूत मानव अधिकारलाई सम्मान गछौँ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणपको पहिलो धारामा भनिएको छ, सबै व्यक्ति जन्मजात स्वतन्त्र हुन् र ती सबैको समान अधिकार तथा महत्व छ ।
लामो समयदेखि महिलाहरुले नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु गरेका छन् । तर, आजसम्म महिला उत्पीडन भयावह अवस्थामै रहेको छ । महिला र पुरुष बराबरी भनिएता पनि भेदभाव र असमानताहरु कायमै छन् । महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको छ तर पनि आज महिलाहरु अपहेलित भएर बाँच्नु परिहरेको अवस्था देखिन्छ । महिलाहरुलाई घर, टोल, समाज र राज्य तहमा नै दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । महिलाहरु बलात्कार र घरेलु हिंसाका कारणबाट सिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा मात्र सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो अझै हटेको छैन ।

महिलाहरु माथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उतिकै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोपमा दुव्यवहार गर्ने कामहरु पनि भइरहेका छन् । किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटनाहरु भएका छन् । प्रकृतिले सृष्टिमा २ वटा चिज दिएको छ पुरुष र महिला । तर लैगिंकताको आधारमा अनेक तवरले महिला नै हिंसामा पर्नुको कारण भने हाम्रो सभ्यता र समाजको प्रचलन नै हो । परम्परादेखि नै समाजको सभ्यता र संस्कृतिमा पुरुषलाई प्रधान बनाइनु र महिलालाई पुरुष सरह मान्यता, स्वतन्त्रता र अधिकार दिइनु हुन्न भन्ने धारणले गर्दा महिलालाई शिक्षा,संस्कार र सहभागितामा पछाडि पार्र्दै आइरहेको सामाजिक प्रचलन यथार्थ छ ।
महिलाहरुको केहि घटना घट्नै हुँदै यति रोमान्चक ढंगले प्रस्तुत गरिन्छ त्यहाँ अर्को पुरुष छ भने बनाइदैन कि ? आधा आकाश महिलाले ढाकिएको देशमा महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको बर्षौ वर्ष भएता पनि अधिकार पाउन नसकेको अवस्थाका कारणले विश्वकै अन्तराष्ट्रिय नारी दिवस मनाइरहेका छन् । नारी दिवशलाई दिवशको रुपमा मात्र नभएर महिलाहरुले समान अधिकार प्राप्त गर्ने तहसम्म आजको दिनलाई लिन जरुरी देखिन्छ ।