Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

व्यापारी, उद्यमीका खुसीमा रमाउन संगठित हुन् जरुरी, मलाई मात्र होइन म भन्दा क्षमतावान लाई चुन्न सक्नुहुन्छ : धर्मविर शर्मा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १७, २०७७ सोमवार
  • 2.7K
    SHARES

व्यापारी, उद्यमीका खुसीमा रमाउन संगठित  हुन् जरुरी, मलाई मात्र होइन म भन्दा क्षमतावान लाई चुन्न सक्नुहुन्छ : धर्मविर शर्मा

सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी फागुन २१ र २२ गते अगामी नेतृत्वका लागि साधारण सभा तथा अधिवेशन हुदैछ । २ वर्षे कार्याकालका लागि नया कार्यसमितीका पादाधिकारीहरु सर्वसम्मत निर्वाचित भएपनि सदस्यहरुमा आकाक्षी धेरै रहेकोले मतदान हुने पक्का भएको छ । वाणिज्य तर्फ एक महिला सहित ११ सदस्य पदमा निर्वाचन हुदैछ । एक पद महिला निर्वीरोध हुने भएपनि र खुला सदस्य तर्फ  धर्मविर शर्मा सहित १९ जनाको उम्मेदवारी परेको छ । अनिवार्य १० मत दिने अधिकार मतदाता सदस्यहरुमा भएपनि शर्माको संघमा उममेदवारी किन र सदस्यले नेतृत्वका लागि किन मत दिने ? । शर्माको जवाफ जस्ताको तस्तै 

dharmabir.jpg
आगामी फाल्गुण  २२ गते सम्पन्न हुने सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा लगभग ३० जना साथीहरुले  कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएका छौ । म वाणिज्य तर्फबाट सदस्यमा उमेद्वारी दिएको छु ।  वाणिज्य तर्फ हामी १९ जना  प्रतिस्पर्धा मा छौ ।  सबै साथीहरु  योग्य सक्षम  हुनुहुन्छ भन्ने मलाई लाग्छ । त्यसैले  मतदाताहरुले मलाई मात्र होइन म भन्दा पनि क्षमतावान साथी लगायत १० जनालाई चुन्न सक्नुहुन्छ । 
 मेरो  सन्दर्भमा  भन्नु पर्दा यस अघि पनि मैले १ कार्यकालको अनुभव लिएको छु । अझ थप अनुभव लिन चाहन्छु । ब्यापारी उद्यमीका खुसीमा रमाउन र अप्ठ्यारोमा साथ् दिन चहान्छु । यसको लागि संगठित हुन् जरुरि छ त्यसैले २०११ सालमा स्थापना भएको धेरै लामो अनुभव सङ्गालेको निजि क्षेत्रको अगुवाई गर्ने छाता संगठन  सिद्धार्थ उद्योग वाणिज्य संघमा कार्यसमितिमा बसेर सक्रिय हुन् चहान्छु । कार्यसमितिमा पुग्नका  निम्ति निर्वाचन प्रक्रिया मा अनिवार्य सहभागी हुनु पर्छ त्यस कारण मलाई पनि मतदान गर्न अनुरोध गरेको छु ।
योजना हामीले बनाउने भन्दा पनि परिस्थिती ले आफै बनाउन्छ तसर्थ उद्योगी व्यवसायी बाट आउने कुनै पनि किसिमको समस्या छ भने त्यस्ता विषय मैले संघको बैठक मा पेश गर्छु र संघ मार्फत सम्बन्धित निकाय सम्म लगेर समस्याको समाधान गर्ने पहल गर्ने प्रयास गर्छम ।
यस अघि मैले सदस्य बृधि संयोजक बनेर काम गर्ने अवसर पाए । यसै क्रममा धेरै व्यवसायीलाई भेट घाट गर्ने मौका पनि मिल्यो । त्यस बेलामा बुझे वास्तवमा साना मझौला व्यवसायीका नबुझेर भएको त्रुटिलाई जानी जानी गरेको गल्ति मानेर ठुलो दण्ड सजाय दिइन्छ । तसर्थ मलाई  पुन संघमा आउने मौका मिले यस प्रति सचेत हुदै सचेतनाका निम्ति कार्य गर्ने छु । यसका निम्ति कार्य समितिमा हुन् जरुरी छ त्यसैले मलाई मतदान गर्न निवेदन गर्दछु । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार