बुटवल। प्रदेशभरमै ठूलो मन्त्रिपरिषद् लुम्बिनी प्रदेशमा गठन भएकाे छ । नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पु¥याइए पछि प्रदेशभरमै ठूलो मन्त्रिपरिषद् लुम्बिनी प्रदेशमा गठन भएकाे हाे । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को आकार सबैभन्दा ठूलो हो। बुधबार १० मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीको संख्यामा पनि सातै प्रदेशलाई उछिनेका छन्।
प्रदेश मन्त्रिपरिषद्मा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री सहित चार मन्त्री र दुई राज्यमन्त्री छन्। नेपाली कांग्रेसको तर्फबाट चार मन्त्री र दुई राज्यमन्त्री छन्। त्यस्तै, जसपा तीन र एकीकृत समाजवादीका एक मन्त्री भएका छन्। त्यस्तै एक जना स्वतन्त्र सांसद् पनि मन्त्री बनेका हुन्।
नेपालको संविधानमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को अधिकतम् सीमा संख्या तोकिएको छ। संघीय सरकार बढीमा २५ सदस्यीय हुनसक्छ। प्रदेश सभामा भने प्रदेश सभाको २० प्रतिशत मात्रै मन्त्री बन्न सक्छन्।
अहिले प्रदेश १ मा ८, प्रदेश २ मा १२, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा ११, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिपरिषद् छ। संविधानको धारा १६८ ९९० मा भनिएको छ(प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यहरुमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने छ।
यस प्रावधान अनुसार, लुम्बिनी प्रदेशमा मन्त्री बन्न सक्नेमध्ये अधिकतम् संख्या पुगिसकेको छ। लुम्बिनी प्रदेश सभाको आकार ८७ सदस्यीय छ। केसीले २०७८ साउन २८ गते मुख्यमन्त्रीमा बहुमत सांसद्को हस्ताक्षरसहित नियुक्त भएका थिए ।
लुम्बिनीको मन्त्रिपरिषद्