भैरहवा । सिद्धार्थनगर ४ का वडासदस्य सहित २ दर्जन बढि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन । नेकपा मालेबाट वडा सदस्यमा निर्वाचित दल बहादुर गुरुङ र मनि वि.क.सहित नेकपा माले परित्याग गरी राप्रपा पार्टीमा प्रवेश गरेका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर–५ को भेलाले विश्व प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा संजय कुमार बेरिवाल, उपाध्यक्षमा सञ्जु क्षेत्री, सचिवमा प्रशान्त श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मी राणा रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को भेला, अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा संयोजक अध्यक्ष कुमार गुप्ताको अध्यक्षता, राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्व गृहमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य कैलाश गुरुङ, केन्द्रीय सदस्य सुमन राणा, रुपन्देही जिल्ला अध्यक्षको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राप्रपा रुपन्देही जिल्ला सचिवालय सदस्य ई. चन्द्रभक्त श्रेष्ठ, सदस्यद्वय बलराम शर्मा, दिपक पाण्डे, प्रकाश ढाढी, युवक अध्यक्ष शंकर खत्री, जिल्ला सदस्य नारायण उपाध्याय, सिद्धार्थनगर अध्यक्ष राजेश ढकाल, हरि के.सी., विरेन्द्र ज्ञवाली, गुमान सिंह सोनी, गणेश यादव, केदार बरई, इकबाल बारिस लगायतको उपस्थिति रहेको थियो । जिल्ला सचिवालय सदस्य बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका वडा नम्बर ५ को भेला तथा अधिवेशनले मुनिराम थारुको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ त्यसैगरि राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को भेला तथा अधिवेशनले सरोज भट्टराईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम बहादुर थापा, सचिवमा ईन्द्रमाया रायमाझी र कोषाध्यक्षमा निर्मला सिग्देल रहेका छन् । सदस्यहरुमा गंगाराम बरई, युवराज तिमिल्सना, हरिश पौडेल क्षेत्री, सुनिता शर्मा, संगिता कुर्मी, वाडु थारु, नानु मल्ल, रुप कुमारी हरिजन, बुद्धिसागर तेली, सलाहुद्दिन मुसलमान, राम प्रसाद मल्लाह, राजु थापा, डिल्लीराज पौडेल, जगन्नाथ सुवेदी, धर्मराज गौतम रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा हाफिज पठानलाई चयन गरिएको राप्रपा रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

