भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बरिष्ठ नेता दिपक बोहराले धर्म निरपेक्षता लादेर नै द्वन्द्व पैदा गरेको बताएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय क्षेत्र नम्बर ४ को भेलालाई सम्बोधन गर्दै नेता बोहराले धर्म निरपेक्षताको नाममा संस्कृति, सभ्यता, आस्था माथी पैसाको लोभले धर्म परिवर्तन भइरहेको बताए । धर्म परिवर्तन कानुनमा बन्देज रहेको भएपनि कयौ मन्दिर, मस्जिद टुट्दा समेत अहिले सम्म कसैलाई कारवाही नभएको बताए ।
नेता बोहराले भने मर्चवारबाट नै राजनितिमा अघि बढेकोले, मर्चवारसँग बढि लगाव रहेको छ । मर्चवारमा कुनै पनि समस्या आए सरकार बाहिर भएपनि सहयोग गर्न तत्पर रहेकोले आफुलाई विकास निर्माणको प्रतिद्वन्द्वी नठान्न आग्रह गरे ।
मर्चवारको विकासमा सधै लाग्नेछु , राजनिति अलग अलग छ, राजनितिक रुपमा प्रतिद्वन्द्वी भए पनि विकासमा छैन । हिन्दु मुस्लिम मिलेर बस्थे, धर्म निरपेक्षता लादेर नै द्वन्द्व पैदा गरेको छ । राजा र हिन्दु राष्ट्र कायम गर्न राप्रपाले माग गरिरहेको आफुले पनि साथ दिने बताए ।

म सरकारमा रहदा नै ७ प्रदेश तोक्ने काम भएको थियो । क्याविनेट बैठक रोकेर नै रुपन्देहीलाई प्रदेश राजधानी तोकेको बताउदै उनले अहिलेको नेपाल कम्युनिष्ट पार्टीले नै राजधानी सारेर दाङ पु¥याएको आरोप लगाए ।
अहिलेको भरोसा भनेकै युवा शक्ति हुन । युवाले गर्दा नै म यहाँ सम्म आएको हु, युवाले चाहे सबै कुरा सम्भव रहेको बताउदै नेता बोहराले हाम्रो पार्टी निर्वाचित भएमा लुम्बिनी प्रदेशको राजधानी पुनः रुपन्देहीमा ल्याई यस क्षेत्रको विकास गर्ने बताए ।
क्षेत्रीय भेलामा विभिन्न पार्टीबाट ६ सय बढि युवा सहितको नेतृत्व राप्रपामा प्रवेश गरेका छन । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य तथा नेपाल प्रवासी तराई मधेस मंच कतारका अध्यक्ष अहमद्दीन खानको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन । नवप्रेशिकाहरुलाई वरिष्ठ नेता तथा प्रमुख अतिथी दीपक बोहरा, केन्द्रिय सदस्य ताहिर अलि, निरन्जन थापा, सागर राणाले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सद्दाम देवानको अध्यक्षतामा भएकाे सभामा नेताहरु कैलास गुरुङ,तोय लम्साल ,गङ्गा राम जैसवाल ,शब्बीर पठान ,सलिम देवान, मोबिन आलम, दिपक पन्डेय ,सङ्कर खत्री ,नरायन सिंह लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता र सलिम देवान भोलाले वरिष्ठ नेता बाेहरालाइ २१ किलाेकाे मालाले स्वागत गरेका थिए ।