भैरहवा । भिक्षु कालिगढहरुद्धारा निर्मित विशाल बहुमुल्य बुद्धमुर्तिलाई भैरहवामा विभिन्न व्यवसायीक संघसंस्थाहरुले स्वागत गरेका छन ।
उक्त बुद्धको मुर्ति लुम्बिनी गार्डेन फाउण्डेशन म्यानमारको पहलमा एम.ए लुईन गु्रपले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई हस्तान्तरण गरी गौतमबुद्ध विमानस्थलमा पुरयाउने क्रममा सिद्धार्थनगरको वेलहियादेखि लुमिबनीसम्म परिक्रमा गराईएको थियो ।

सोही अवसरमा भैरहवाको बुद्धचोकमा बज अटो मोबाईल्स्, भैरहवा अटो कम्पनी प्रा.लि., प्रोफेश्नल मास्टर्स ११, हरिओम अटो पाटर्स, शुभओम कम्पनी प्रा.लि. होटल पौवा भैरहवा तथा महिला सत्य सनातन धर्म संघ राधे परिवारको संयुक्त आयोजनामा बुद्धमुर्तिको स्वागत तथा रयालीमा सहभागीलाई पिउने पानी, कफि,मिठाई वितरण गरिएको बज अटो कम्पनीका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो । बुद्धमुर्तिलाई सिद्धार्थनगर ८ निवासी ८४ वर्षिया आमा माया थापाले माला लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संस्कृत विद डा. गितु गिरीले लुम्बिनी र गौतम बुद्धको जीवनीका बारेमा चर्चा गर्नुभयो । उक्त बुद्धमुर्ति निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा राखिएको छ ।