Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नवाै अधिवेशनकाे ११ औ बैठक सुरु भए लगत्तै स्थगित


  • लुम्बिनी चिन्तन
  • कार्तिक २९, २०७८ सोमवार
  • 716
    SHARES

नवाै अधिवेशनकाे ११ औ बैठक सुरु भए लगत्तै स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको छ । विपक्षी दल नेकपा एमालेका अबरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक आधाघण्टाका लागि स्थगित भएको हो ।

आाज बसेकाे प्रदेश सभाकाे नवाै अधिवेशनकाे ११ औ बैठक सुरु भए लगत्तै नेकपा एमालेका प्रदेश सभा सदस्यहरूले उठेर बिराेध जनाएपछि सभामुख पुर्णबहादुर घर्तीले आधाघण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुख पुर्णबहादुर घर्तीले बैठकको कार्यबाही सुरु गरे लगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले आ आफ्नो ठाउँबाट उठेर बिराेध जनाएका थिए ।

तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार