Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमाले महाधिवेशन सकियो, दम्भ तथा अहंकार नदेखाउन नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओलीको निर्देशन ।


  • लुम्बिनी चिन्तन
  • मंसिर १४, २०७८ मंगलवार
  • 708
    SHARES

एमाले महाधिवेशन सकियो, दम्भ तथा अहंकार नदेखाउन नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओलीको निर्देशन ।

भैरहवा मंसिर १४

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । 

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ । एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।

यसै बिच नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न सुझाव पनि दिए ।

‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुँदैन ।’

आफूहरु जनताको सेवक हौं भन्ने मनन् गरेर विनम्रताका साथ जनता देशको सेवामा समर्पित हुन पनि उनले निर्देशन दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामनासमेत दिए .

 


लुम्बिनी चिन्तन

थप समाचार