भैरहवा मंसिर १६,
गृहमन्त्री बालकृण खांणले स्थानिय निर्वाचन अगाबै भुमिहिनलाई लालपुर्जा बितरण गर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भुमिहीन सुकुम्बासीहरुको लागी स्थानिय निर्वाचन अगाबै लालपुर्जा बितरण गर्ने बताउनु भएको हो । अव नेपाली नागरिक नागरिकता बिहीन र भुमिहीन सुकुम्बासी हुन नपर्ने बताउनु भयो ।
प्रतिनिधि सभामा बिचाराधिन रहेको नागरिकता बिधेयकलाई परिस्कृत गरी पास गर्ने तयारीमा सकार रहेको बताउदै गृहमन्त्री खांणले बिधेयक पास भए लगतै नागरिकता समस्या समाधान हुने बताउनु भयो ।
नागरिकता बिहिन नागरिकका लागी सरकारले नागरिकता बिधेयक पास गर्ने बताउदै सुकुम्बासी समस्या समाधानका लागी भुमी आयोग गठन गरेको बताउनु भयो । पुर्बवती सरकारले ल्याएको बिधेयकलाई सर्बोचले रोकिदिएको बताउदै सदन संचालनमा आए पछि त्यसलाई केही परिमार्जन र परिस्कृत गरेर पास गर्ने उहाले बताउनु भयो ।
भुमिहीनको समस्या समाधानका लागी राष्ट्रिय भूूमि आयोग गठन गरिएको बताउदै स्थानीय चुुनाव अगाडि भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने दाबी गर्नु भयो ।
काग्रेसको अधिबेसका क्रममा स साना बिवाद रहे पनि रुपन्देही जिल्लाको नेतृत्व सहमतीमा भएको उल्लेख गर्दै प्रदेश पदाधिकारी पनि सर्बसम्मत गराउने बताउनु भयो । लेखा समिती सभापती रहेका भर शाहलाई प्रदेश सभापति चयन गर्न आग्रह गर्दै बांकी पद सहमतीमा जान उहाले आग्रह गर्नु भयो ।