Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आठ महिना मै भीम अस्पतालको उल्लेख्य सुधार गरेर बाहिरिए अध्यक्ष भण्डारी ।


  • लुम्बिनी चिन्तन
  • पौष २८, २०७८ बुधवार
  • 1.7K
    SHARES

आठ महिना मै भीम अस्पतालको उल्लेख्य सुधार गरेर बाहिरिए अध्यक्ष भण्डारी ।

 

भैरहवा पौष २८,

तिन बर्षे कार्यकालका लागी भीम अस्पताल व्यवस्थापन समितीको अध्यक्ष बनेका नारायण प्रसाद भण्डारी कोभिडको निकै कठिनपुर्ण समयमा उल्लेख्य काम गर्दै आठ महिनामै बिदा भएका छन् ।

तिन बर्षका लागी अस्पताल व्यवस्थापन समितीको अध्यक्ष बनेका भण्डारी राजनीतिक समस्याका कारण आठ महिना मै अस्पताल व्यवस्थापन समितीको अध्यक्षबाट बिदा भएका हुन ।

भीम अस्पताल विकास समितिका अध्यक्ष रहदा भण्डारीले आफ्नो आठ महिने कार्यकालमा अस्पतालको विकासमा उल्लेख्य सुधार गर्न सफल भएका छन् । बुधवार बिदाईका क्रममा भण्डारीले आठ महिने कार्यकालको उपलब्धीका बारेमा जानकारी गराउंदै अस्पतालको बिकास र बिस्तारका लागी आमागी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बुधबार अस्पतालबाट विदाई हुने क्रममा पत्रकारसंग आफ्नो कार्यकालमा भएका उपलब्धी र भावी योजनाका बारेमा जानकारी दिदै पदमा नरहेपनि अस्पतालको विकासमा सधै लागि पर्ने बताए । उनले भने“ भीम अस्पताललाई सबैले भरोसा गर्ने अस्पतालको रुपमा चिनाउन सकें यो नै सिद्धार्थनगरवासीको सफलता हो ।  म पदमा नरहेपनि सधै यसको विकासमा लाग्ने छु । ” उनले आउने समितिले अस्पतालको विकासमा ध्यान दिने विश्वास व्यक्त गरे । उनले भने, ‘अस्पतालको विकास हुने जुन जनअपेक्षा थियो, त्यो क्रम नरोकियोस् । ’ उनले सदैव भीम अस्पतालको हितमा आफू काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

३ वर्षको लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भए पनि करीब ८ महिना काम गर्न पाएको उनले जानकारी दिए । अस्पतालमा राम्रो काम भयो भन्ने सन्देश गएको उनको भनाइ थियो ।  ‘अस्पतालको विकासका लागि मेरो नेतृत्वलाई सफल बनाउन उद्योगी, व्यवसायी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत सबैको भूमिका भयो, यसका लागि उहांहरुप्रति आभार प्रकट गर्न चाहन्छु, ’उनले भने ।

‘निकै कठिन परिस्थितिमा कोरोना विशेष अस्पतालको जिम्मेवारी सम्हाल्नुपर्ने थियो, घरपरिवार र आफन्तबाट यस्तो परिस्थितिमा नजानुस् भन्ने सल्लाह र आग्रहलाई नमानेर अवसर र चुनौतीकाबीच अस्पतालको जिम्मेवारी सम्हालेको हुं, ’उनले भने । अवसर र चुनौतीलाई स्कीकार्दै सामाजिक नेतृत्व हुन्छ भनेर आएको उनको भनाइ थियो ।

कोरोना महामारीको दोस्रो लरहमा रातदिन स्वास्थ्यकर्मीसंगै सिंगो अस्पताल टिम खटेर काम गर्दा अक्सिजन, बेडको अभाव भएको उनले बताए । केही बिरामी अस्पताल बाहिर पेटीमा उपचार गराउन बाध्य भएको भण्डारीले बताए ।‘पछि बाहिर भएका बिरामीलाई बेडमा सिफ्ट गरिएको उनले बताए । २५ बेडको जनशक्तिमा १७० जनासम्म बिरामी राखेर उपचार गर्यौं, ’उनले भने ।

आफूले अध्यक्षको जिम्मेवारी सम्हालेपछि सहयोगको ओइरो नै लागेको भण्डारीले बताए । ‘दैनिक अक्सिजन, अक्सिजन सिलिण्डिर, विभिन्न स्वास्थ्य सामग्री, उपकारण तथा नगद, चेक सहयोग जुटेको थियो, यति धेरै सहयोग जुट्नु ऐतिहासिक हो, ’उनले भने । सीमित जनशक्ति र स्रोतसाधनमा सहयोगको ठूलो महत्व रहेको उनले बताए ।  

‘बिरामीको उपचार सरकारी अस्पतालमा हुन्छ र अस्पतालम केही सुधार हुन्छ भन्ने अपेक्षासहित राम्रो सन्देश गएको छ, ’उनले भने । ‘अस्पताललाई संघीय सरकारको अर्थ मन्त्रालयबाट २ चरणमा गरी ३ करोड ६० लाख रुपैया प्राप्त भयो, जुन रकमबाट अक्सिजन प्लान्ट र बच्चाको वार्ड निर्माण गरेका छौं, ’उनले भने । आजको दिनमा अक्सिजनमा अस्पताल आत्मनिर्भर भएको उनले बताए । सर्पले टोकेको धेरै बिरामीको उपचार गरिएको उनको भनाइ थियो ।

अस्पतालमा १४ करोडको लागतमा प्रसुति गृहको भवन निमार्णका लागी काम सुरु भएको बताउदै एक दुई हप्तामै सिलन्यास हुने बताए । त्यसैगरि अस्पतालको प्रशसनिक भवन निमार्णका लागी पनि बजेट बिनियोजन गरि काम अघिबढाईएको बताए ।

लुम्बिनी प्रदेशको राम्रो अस्पताल भनेर भीम अस्पताल परिचित भएको भण्डारीले बताए । स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्दै अस्पतालले गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए ।  कसरी बिरामीलाई बढी सेवा दिन सकिन्छ भनेर लागेको उनको भनाइ थियो । अस्पतालमा विभिन्न कामहरु अगाडी बढाउने क्रममा रहेको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालबाट पनि बिरामी भीम अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले कोरोना महामारीको दोस्रो लहरमा अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीबाट धेरै नै सहयोग पाएको बताइन् ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अस्पताल विकास समितिका अध्यक्ष भण्डारीको योगदानका कारण अस्पतालमा परिवर्तन भएको बताए ।

लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको थियो ।

२०७८ वैशाख २२ गते लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णयबाट अध्यक्षमा आफूलाई मनोनयन गरिएको र २०७८ जेठ २ गते औपचारिक पत्र प्राप्त भएको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार