Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने


  • लुम्बिनी चिन्तन
  • माघ २५, २०७८ मंगलवार
  • 422
    SHARES

एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण दिने

भैरहवा माघ २५

नेकपा  एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको महासचिव पोखरेलले बताएका छन् ।

दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् ।


लुम्बिनी चिन्तन

थप समाचार