Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चुनावमा जानु नै उपयुक्त, निर्णायक शक्ति कांग्रेस : कमल थापा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २१, २०७७ शुक्रवार
  • 1.0K
    SHARES

चुनावमा जानु नै उपयुक्त, निर्णायक शक्ति कांग्रेस : कमल थापा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नया चुनावमा जानु नै अहिले उपयुक्त रहेको बताएका छन ।
सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभा पुर्नस्थपना भएपछि देशमा संसद किनबेच, अपवित्र गठबन्धन, अस्थितरता र अराजकताको नयाँ श्रृखला सुरु गर्ने अभ्यास हुन लागेको आभास भएको बताए ।
राप्रपा रुपन्देहीले भैरहवा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री थापाले शान्ति र स्थायित्वका लागी बहुमत पाएको नेकपाले कुर्सी र राज्यसत्ता कब्जा गर्ने होडबाजीमा लागेर विभाजनको संघारमा पुगेको छ । यो अवस्थामा नेकपाले जनतालाई धोका दिएको हुदा शान्ति र स्थायित्वका लागि ताजा जनादेशमा जानु नै उपयुक्त रहेको बताए । 
अहिले मुलुकमा व्यापत रहेको भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, सर्वसत्तावादको संकटबाट मुक्तिको उपयुक्त विकल्प नया चुनाव नै रहेको बताउदै  प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाई प्रजातन्त्र र राजनिति प्रति नै जनतामा वितृष्णा बढेर जाने हुदा यस्ता गतविधिबाट अघि बढ्नु भन्दा ताजा जनादेश र नया चुनाव नै अहिले उपयुक्त रहेको थापाले बताए । 

_DSC0277.JPG
सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको बताउदै अध्यक्ष थापाले हिंसा परित्याग गरेर सम्बादको माध्यमबाट शान्तिपूर्ण राजनितिक माध्यमबाट आफ्ना समस्या समाधान खोज्न गरेको निर्णय राप्रपाले स्वागत गरेको बताए । 
बुटवलमा हुन लागेको मिडिया नेपालको राष्ट्रिय भेलामा सहभागी हुन रुपन्देही आएका थापाले संविधानलाई आलोचनात्मक समर्थन गरेको छ । सविधान र व्यवस्थासँग सहकार्य गर्दे मान्यताहअरुलाई स्थापित गर्ने बाटो अवलम्बन गरेका छौ धर्म निरपेक्षता, गणतन्त्र र संघियताको बारेमा असहमित भए पनि जनताको अभिमतबाट अधिकार सुनिश्चित गरेकोले हिंसा, विद्रोहको बाटोमा जानु पर्दैन भन्ने राप्रपाको मान्यता छ । 
फरक एजेण्डाको वावजुद शान्ति पूर्ण राजनितीबाट मान्यता स्थापित गर्ने कार्य गरेकोले स्वागत गर्नुको मुख्य आधार हो । विपल्प समूहसँग भएको हतियारको व्यवस्थापन र बुझाउने कार्य पनि तत्कालै गर्नुपर्ने राप्रपाको धारणा छ । 
अहिले २ वटा विकल्प छ, अपवित्र गठबन्धन वा चुनावमा जाने । नेकपा विभाजन भयो भने नेपाली कांग्रेसले फोहोरी गठबन्धन गरेर सत्तामा जाने कि ताजा जनादेशमा जाने यस्को बल काग्रेसको कोटमा रहेको छ । कांग्रेसलाई जनताले सरकारमा जाने नेतृत्व गर्ने म्यानडेट दिएको छैन, विपरित गठबन्धन गरेर सासद किनबेच गरेर सरकार बनाउनु भनेको जनताको भावना विपरित हो, सविधानको मनशाय पनि होइन, निर्णयक शक्ति कांग्रेस भएको छ, फोहोरी गठबन्धन बनाउछ वा निर्वाचनमा गएर ताजा जनादेश ल्याउने यस्को बल काग्रेसकै कोटमा छ कुन बाटो रोच्छ ? हाम्रो दृष्टिकोणमा चुनावमा जानु नै उपयुक्त हो थापाले भने 
राप्रपा जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताकाे अध्यक्षता, केन्द्रिय अध्यष थापाको प्रमुख आतिथ्यता, वरिष्ट नेता दिपक बोहराको आतिथ्यतामा सम्पनन पत्रकार सम्मलेनको संचालन शंकर खत्रीले गरेका थिए ।  


  • सम्बन्धित विषय:

  • # राप्रपा

  • लुम्बिनी चिन्तन

    थप समाचार