Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा पोख्रेल ।


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १५, २०७८ आइतवार
  • 506
    SHARES

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा पोख्रेल ।


भैरहवा, १५ फागुन
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको प्रथम भेला भैरहवामा शनिवार सम्पन्न भएको छ । 
भेलाले कमल पोख्रलको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र पन्थीले जानकारी दिनुभयो । 
भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले वास्तविक किसानका समस्यालाई बुझेर विचौलियाको हालीमुहाली तोड्ने काममा पार्टी पंतिm लाग्ने बताउनु भयो । 

274789944_3215188405377212_3485830383775012455_n.jpg
किसान संगठित हुंदा कृषिमा व्यवसायिकता तथा आधुनिकीकरणमा सहज हुने भन्दै अध्यक्ष केसीले कृषिलाई पर्यटनसंग जोड्ने गरी लाग्न किसान अगुाहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा  नेकपा एमाले प्रदेश सदस्य राजेन्द्र पन्थी, प्रदेश सचिव महेन्द्र गिरी, रुपन्देही जिल्ला उपसचिव हितराज पन्थी, सिद्धार्थनगरका ईन्चार्ज चोपलाल आचार्य, नगर अध्यक्ष चन्द्र थापा लगायतले नव निर्वार्चित कमिटीलाई बधाई तथा शुभकामना व्यतm गर्नुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार