Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेतृत्व नदिएको भन्दै राप्रपा लुम्बिनी प्रदेश प्रवक्ताले दिए राजिनामा


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 602
    SHARES

नेतृत्व नदिएको भन्दै राप्रपा लुम्बिनी प्रदेश प्रवक्ताले दिए राजिनामा


भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवि कुमार रौनियारले पार्टीको लुम्बिनी प्रदेशसमितिको प्रवक्ता पदबाट राजिनामा दिएका छन् । पार्टीका पदाधिकारीहरु  अलोकतान्त्रिक र युवाहरुलाई राजनीतिक बन्देजिकरण जस्ता काममा लागेको भन्दै  रौनियारले साधारण सदस्य समेत नरहने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका हुन् । 
रौनियारकले पार्टीका केन्द्रीय अध्यक्ष कमल थापासमक्ष जिल्ला अध्यक्ष सागरप्रताप राणा मार्फत पत्र पठाउँदै राजिनामा दिएका हुन् । २०६६ साल देखि निरन्तर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति वफादार रही दिएका सम्पुर्ण जिम्मेवारी इमान्दारिता पूर्वक निभाएपनि पार्टीले  युवाहरुलाई अगाडि आई नेतृत्व गर्न प्रेरित गर्नेभने पनि व्यवहारमा लागु नगर्दा पार्टी आलोचित बन्नु परेको जनाएका छन् । 
राजीनामा पत्रमा उनले जिल्ला कार्य समितिका केही पदाधिकारीहरुबाट आफ्नो चरित्र हत्या गर्ने प्रयास चलिरहेको बताउँदैं उनले आफूले राजनीतिक स्थान खोज्नु लोकतान्त्रिक अधिकार भएको र  यसलाई पार्टीका बरिष्ठ नेताहरुले गम्भीरतापूर्वक नलिएको बताएका छन् । 
रौनियार केही समय देखि सामाजिक कार्यमा समेत अग्रसर छन । २५ रुपैयामा खाना सहित स्वास्थ्य, शिक्षा, विपद र सामाजिक कार्यमा समेत उनले समाजसेवामा अग्रसर भइरहेका छन् । 
उता राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यालय रुपन्देहीले रौनियारलाई पार्टीको विधान र हित विपरित कार्यहरु गरेको भन्दै साधारण सदस्यबाट समेत निलम्बन गरिदिएको छ । रुपन्देहीका पार्टी प्रवक्ता पुनाराम पोखरेल द्वारा जारी विज्ञप्तीमा उनलाई पार्टीबाट निष्काशन गरिएको उल्लेख छ ।


लुम्बिनी चिन्तन

थप समाचार