Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

१११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस श्रमिकलाई सम्मान गर्दै मनाइयो (फाटाेफिचर सहित)


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २४, २०७७ सोमवार
  • 908
    SHARES

१११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस श्रमिकलाई सम्मान गर्दै मनाइयो (फाटाेफिचर सहित)

भैरहवा । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भैरहवामा प्रभातफेरी र सम्मान गरि  मनाइएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोग र महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देही, सरकारी कार्यालय, तथा अन्य गैरसरकारी संघसस्था, समुदाय प्रहरी साझेदारी कार्यक्रम लगायतको समन्वयमा नारा र प्लेकार्ड सहित भैरहवा बजारको परिक्रमा गरिएको हो । 

_DSC0334.JPG
भैरहवाको बुद्धचोकबाट सुरु भएको र्याली बम्रेली टोल, नारयण पथ, मिलनचोक, बैकरोड हुदै देवकोटाचोकमा कार्यक्रममा परिणत भएको थियो । सभामा परिणत भएको कार्यक्रममा महिला श्रमिकलाई सम्मान गरिएको हो । 
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको सम्झनामा हरेक वर्ष जस्तै यस वर्ष पनि १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नाराका साथ भैरहवामा महिला श्रमिकलाई सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका भि रहेर जोखिमपुर्ण श्रमसंग मा आवद्ध श्रमिक महिलाको श्रमको उच्च मुल्याङकन गर्दै सिनपा वडा नम्बर ६की डर्कमी नसिमा खातुन र वडा नम्बरर ९ की यातायात क्षेत्रकी परिचालक तुलसा कुमारी रावललाई नगद सहित सम्मान गरिएको थियो । लबचष मषधबकज (9).jpgलबचष मषधबकज (1).jpg


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, संिधान सभा सदस्य आदत्यि नारायण कसौधन, नगर प्रमुख हरि अधिकारी, प्रमुख जिल्लाअधिकारी पिताम्बर घिमिरे, नगरपालिकाका प्रशासकिय अधिकृत तुलसीराम मरासिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेल, समिता मल्ल,  ले समयको क्रमका साथ महिलाहरु अगाडि बढ्दै राज्यको सहभागितामा महिला पुगेकोले महिलाहरुलाई पाएको जिममेवारी र अधिकारलाई योग्यता पूर्वक काम गर्न आग्रह गरे । एक दिन मात्र हैन महिलाको हक अधिकारको बिषयमा सदैव अग्रपंक्तिमा रहनु पर्ने, महिलाहरु पनि सक्षम भएको बताउदै उनले आरक्षणका लागि सामुहिक रुपमा पहल गर्नु पर्ने, पाएको अधिकारलाई सस्थागत रुपले अगाडि बढाउदै थप अधिकारका कुरालाई दबाब मुलक कार्यक्रम गरी आआफ्नो तहबाट माग गर्ने, एक नारीले अर्को नारीको सम्मान गरेर र खुट्टा तान्ने प्रवृति अन्तय नभए सम्म महिला श्रमिकहरु माथी पुग्न नसकेको बताए ।

लबचष मषधबकज (5).jpg

महिला हिंसाको मूख्य कारण बाल विवाह र दाईजो प्रथा रहेको कारण सबैलाई यसको बिरोध गर्दै आजका महिला कोही भन्दा कम नरहेकाले महिलालाई दया भन्दा पनि अवसर दिनु पर्ने खाँचो रहेको बताए । सिद्धार्थनगर नगरापलिकाका उप प्रमुख उमा काफ्लेको अध्यक्षता, माया क्षेत्रीको संचालनमा भएको कार्यक्रममा महिला स्वयसेविका, विभिन्न संघसस्था महिला तथा आमासमूह, स्कुलका शिक्षकहरुको सहभागिता थियो ।

लबचष मषधबकज (2).jpg

लबचष मषधबकज (3).jpgयस्तै ओमसतिया गाउँपालिका रुपन्देहीले १११ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वार्ड न १ को मगर भवनमा आयोजित कार्यक्रममा १५  जना महिलाले रक्तदान गरेको महिला तथा  बालबालिका शाखाकी  प्रमुख निर्मला पाण्डेले बताइन् ।हरेक वर्ष मार्च ८ मा विभिन्न कार्यक्रम गर्दै आएको र  यो वर्ष महिलाले मात्रै रक्तदान गर्ने योजना अनुसार पालिकामा रहेका महिला सहकारी सँग समन्वय गरि रक्तदान कार्यक्रम गरेको कार्यपालिका सदस्य चुमकला बस्यालले बताइन् । कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष  हिरा केवट राहुलले रक्तदान असाध्य महत्त्वपूर्ण कार्य  भएको बताए । रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर यस्तो अनुकरणीय कार्य गरेकोमा महिला  कार्यपालिका सदस्य र महिला कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।

samman.jpg

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल ,कार्यपालिका सदस्य चुमकला बस्याल, कार्यपालिका सदस्य गंगा सुनार, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म के सि लगायतले बोलेका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष सुन्दरमती कुमारी  हरिजनको अध्यक्षता, अधिकृत छैठौ रुपा थापाको स्वागत र कार्यक्रम संचालन महिला तथा बालबालिका शाखाकि प्रमुख निर्मला पाण्डेले गरेकी थिइन ।

बब.jpg

लबचष मषधबकज (6).jpgलबचष मषधबकज (4).jpg


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार