Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

एमाले र माओवादीलाई एकताका लागि आयोगले दियो १५ दिनको समय 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २५, २०७७ मंगलवार
  • 612
    SHARES

एमाले र माओवादीलाई एकताका लागि आयोगले दियो १५ दिनको समय 

काठमाडौं। निर्वाचन आयोगले नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रलाई पार्टी एकीकरणका लागि समय दिने भएको छ। 
सर्वोच्च अदालतको फैसलाबाट पूर्ववत् अवस्थामै फर्किएका एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने निर्णय निर्वाचन आयोगले गरेको हो।
आज मंगलबार बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ विपरीत नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने बताएको छ।
त्यस्तै, केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले अस्ति आइतबार ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ब्युँतिएका छन्। ०७५ जेठ ३ मा भएको एमाले र माओवादी केन्द्रको एकतालाई सर्वोच्चले अस्वीकार गरेको हो।


लुम्बिनी चिन्तन

थप समाचार