Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा


  • लुम्बिनी चिन्तन
  • श्रावण २६, २०७९ बिहिवार
  • 600
    SHARES

राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा

भैरहवा साउन २६/

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहिबार जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै गुप्ताले पदबाट राजीनामा दिएको जनाउनु भएको छ ।

नेतृत्व गर्न चाहने युवाहरुलाई मार्ग प्रसस्त गर्न पार्टीको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको उहाले बताउनु भयो । “पार्टी एवं वर्तमान नेतृत्वको उत्तरोत्तर प्रगतिको कामना गर्दै केन्द्रिय अध्यक्ष लिङ्गदेनले परिकल्पना गरको हिन्दुराष्ट्र एवं भ्रष्टाचार विरुद्धको आन्दोलनलाई मेरो व्यक्तिगत साथ रहेने वाचा गर्दै र नेतृत्व गर्न चाहने युवाहरुलाई मार्ग प्रसस्त गर्दै आजैका मितिबाट पार्टीको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउदछु ।” उनले राजीनामा पत्रमा लेख्नु भएको छ ।
 राजीनामा दिनु पर्ने कारणमा आफ्नै कार्यव्यस्तता एवम ब्यक्तिगत कारण भएको राजीनामामा उल्लेख छ । पार्टीको विगत ५६ महिना देखि निरन्तर जिल्ला उपाध्यक्ष पदमा रहि ईमानदारीता पूर्वक कार्य संचानल गरेको र यस दौरान धेरै पटक कार्यवाहक जिल्ला अध्यक्ष समेत रहि पार्टीको नेतृत्व गर्दै संगठनलाई चुस्त दुरुस्त बनाएको  राजीनामामा उल्लेख छ । गुप्ता केही महिना अघि सम्पन्न स्थानिय तहको निर्वाचनमा रुपन्देही जिल्ला जनपरिचालन समिति एवं उम्मेदवार छनौट समितिको संयोजक समेत  रहनु भएको थियो ।
raprapa.jpg

उहाकै नेतृत्वमा रहेको परिचालन समितिको कारण रुपन्देहीको स्थानिय तह निर्वाचनमा राप्रपाले राम्रै मत ल्याएको छ ।    विभिन्न जिम्मेवारीमा आफ्नो राय सुझाव सहित सफल तुल्याउन सहयोग गर्ने पार्टीका नेताहरु प्रति  राजीनामामा आभार प्रकट गनु भएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार