Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स प्रोग्रेसिव र लेडीयुथद्धारा बिध्यार्थीहरुलाई पोसाक वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र २२, २०७९ बुधवार
  • 504
    SHARES

लायन्स प्रोग्रेसिव र लेडीयुथद्धारा बिध्यार्थीहरुलाई पोसाक वितरण


भैरहवा भदौ २१
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिव र लायन्स क्लब अफ सिद्धार्थनगर लेडीयुथको सम्युक्त आयोजनामा सिदार्थनगर नगरपालीका वडानं ९ स्थित बिध्यालयका बिध्यार्थीहरुलाई स्कुल पोसाक प्रदान गरिएको छ । 
विन्दवासिनि मिसुजु आधारभुत बिध्यालयमा अध्ययनरत ६४ जना बिध्यार्थिहरुलाई पोसाक वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभका अध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिनु भयो । 
दुई क्लबको बार्षिक कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रमहरु गर्ने क्रममा शिक्षा क्षेत्रमा रहेर क्लबले बिध्यालयमा अध्ययनरत बिध्यार्थिहरुलाई सहयोग गरेको लायन्स क्लब अफ सिद्धार्थनगर लेडीयुथका अध्यक्ष सबा खांनले जानकारी दिनु भयो । 
यो बिध्यालयलाई बिगद देखीनै लायन्स क्लब अफ सिद्धार्थनगर लेडीयुथले अपनत्व लिई बिभिन्न किसीमका  कृयाकलापहरु गर्दै आएको खांनले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी सिदार्थनगर नगरपालीकाका उपमेयर उमा अधिकारीले बिध्यालयको पुर्बाधार र गुणस्तरीय शिक्षाका लागी नगरपालीका कटीबद्ध रहेको बताउदै बिध्यालयमा लायन्सले गरेको कार्य सराहनिय रहेको बताउनु भयो । 

bb.jpg
सरकारले देख्न नसक्ने क्षेत्रमा बिभिन्न सामाजिक संघ संस्थाहरुले समन्वय गर्दै अगाढी बढेको बताउदै यस्ता कार्यक्रमले समाजमा महत्वपुर्ण भुमिका बिर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा बिशिष्ठ अतिथी पिएमजेएफ लायन नवराज न्यौपानेले लायन्स क्लबहरु समाज सेवामा काम गर्ने भएकाले क्लबहरुलाई काममा केन्द्रीत हुन निर्देशन दिनु भयो । 

cc.jpg
लायन्स क्लबले शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गरिरहेको बताउदै कामलाई प्रभावकारी बनाउन क्लबहरु एक भएर काम गर्नु पर्ने क्लबका सल्लाहकार प्रेम कुमार सेन्चुरीले बताउनु भयो । 
कार्यक्रममा जोन चेयर पर्सन नेत्र आचार्य , दुर्गा आर्चाय , रिजन चेयर पर्सन अभिनव कसौधन , एरिया कोषाध्यक्ष बिनय कसौधन , लायन्स सिद्धार्थनगरका पुर्ब अध्यक्ष महेश थापा लगायतले आ आप्नौ धारण राख्नु भएको थियो ।

dd.jpg कार्यक्रम गणेश रसाईली र तृप्ती बर्माको संयोजन तथा क्लबका सचिव संजोग राज तिवारीको संचालनमा सम्पन्न भएको थियो ।

ee.jpg


लुम्बिनी चिन्तन

थप समाचार