भैरहवा भदौ २३/
५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सामूहिक विद्यालय परिवार रुपन्देहीले लामो समय शिक्षण सेवामा सहभागी तीनजना शिक्षकलाई बुधबार सम्मान गरेको छ ।
परिवारले आयोजना गरेको कार्यक्रममा २०३५ सालमा स्थापना भएको यस क्षेत्रको पहिलो निजी विद्यालय लुम्बिनी शिशु सदन भैरहवाका संस्थापक यम बहादुर रसाइली, २०४७ सालदेखि अहिलेसम्म अध्यापन पेशामा रहेकी मनकामना इङलिस हाई स्कूल भैरहवाकी शिक्षिका सुजना क्षेत्री र २०५७ सालदेखि हालसम्म अध्यापन गराइरहेका सि.वि. पब्लिक हाई स्कूल भैरहवाका शिक्षक गोविन्द थापा मगरलाई ‘सामूहिक शिक्षा पुरस्कार–२०७९’ बाट सम्मान गरिएको हो । परिवारले यसै वर्षदेखि विभिन्न विधामा सामूहिक शिक्षा पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक यमबहादुर के.सी.ले तीनै जनालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरे । कार्यक्रममा बोल्दै निर्देशक केसीले निजी विद्यालयले देशको पुँजी बाहिर जानबाट रोकेको दावी गर्नु भयो । सामुहिक बिधालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलनुका साथै गुणस्तरीय शिक्षा प्रदान गरेको उहाले बताउनु भयो ।त्यस्तै ओमसतिया गाउँपालिका शिक्षा शाखा प्रमुख हरि पोखरेलेले जब देशमा अस्तृथा आउ छ तब निजि क्षेत्रहरु मैलाउछ र जब सरकार बलियो हुन छ तब निजि क्षेत्रहरु खुमचिने उहाले बताउनु भयो ।
प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष तथा सामूहिक विद्यालय परिवार रुपन्देहीका सल्लाहकार महेश भुर्तेलले परिवारले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘शिक्षकका लागि पनि परिवारले विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ, सामाजिक उत्तरदायिवका कार्यक्रमहरुलाई पनि निरन्तरता दिदै आएको छ ।’ प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्त शर्माले सम्पूर्ण विद्यालयलाई राज्यले समान रुपमा हेर्नुपर्ने बताए ।
कार्यक्रममा सम्मानित यम बहादुर रसाइली, सुजना क्षेत्री र गोविन्द थापा मगरले सम्मानित हुन पाउँदा खुसीको अनुभुति भएको बताए । कार्यक्रममा शैक्षिक उत्थानमा निजी विद्यालयको भूमिका विषयमा मिनर्वा इङलिस स्कूलका कुलानन्द भुसाल, सि.बी. पब्लिक स्कूलकी कमला पहारी नेपाल, लर्ड गौतमबुद्ध सेकेण्डरी स्कुलका अवधेश लोध, नेपाल नालन्दा आवासीय माविका कबिर रिजाल, युनिक होम्स इङलिस स्कूलका अमरनाथ पाण्डे, लुम्बिनी सिर्जना इङलिस स्कुलका हरि खड्का र मिनर्वा स्कुलका छवि ज्ञवालीले बोलेका थिए ।
सामूहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, उपाध्यक्ष युवराज पोखरेलको स्वागत तथा सचिव सजना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रम उद्देश्यमाथि कार्यक्रम संयोजक चन्द्रप्रकाश न्यौपानेले प्रकाश पारेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको सामुहिक विद्यालय परिवारमा सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र मायादेवी गाउँपालिका गरी १८ वटा विद्यालय आबद्ध छन् । त्यसअघि परिवारले भैरहवाका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गरेको कोषाध्यक्ष समसाद इद्रिसीले बताए ।