भैरहवा भदौ २९
५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा सामुहिक बिध्यालय परिवारले भैरहवामा बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
नालन्दा आवासिय माध्यामिक बिध्यालय परिषरमा आयोजित कार्यक्रममा सामुहिक बिध्यालयमा आबद्ध बिध्यालयका दुई दुई जना बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो परिवारका अध्यक्ष उदय कुमार मल्लीकले जानकारी दिनु भयो ।
बालमैत्रि समाजको आधार जिम्मेवार परिवार उत्तरदायि सरकार भन्ने नाराका साथ यो दिवस बुधवार देशभर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ । कार्यक्रममा बोल्दै परिवारमा अध्यक्ष उदय कुमार मल्लीकले वालवालिकाको हक अधिकारका लागी राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सामुहिक बिध्यालय परिवारका पुर्ब अध्यक्षहरु बिष्णु पन्थी , राज कुमार गुरुड., गोकुल पोख्रेल, युवराज पोख्रेल , समसाद ईद्रिसि , प्रमोद यादव , नालन्दा आवासिय माबीमा प्रबन्द निर्देशक युवराज पाण्डे , सफल बस्नेत लगायतको सहभागीता रहेको थियो । कार्यक्रम परिवारका सचिव श्रृजना पाठकको संचालनमा सम्पन्न भएको थियो ।