भैरहवा भदौ २९
५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा निजी तथा आवासिय बिध्यालय अर्गनाईजेशन नेपाल सिदार्थनगरले बिध्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

प्यावसन सिदार्थनगरका अध्यक्ष गोकुल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ प्रावि जनकपथमा रहेका बिध्यार्थीहरुलाई स्टेशनरी सामग्री बितरण गरिएको प्यावसन सिदार्थनगरका अध्यक्ष गोकुल पोख्रेलले बताउनु भयो ।
बिष्णु प्रसाद पन्थीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शिद्र्धाथ प्राबि ब्यावस्थापन समितीका अध्यक्ष गोबिन्द बस्याल , सल्लाहकार एल बि बस्नेत लगायते बोल्नु हुदै सरकारी बिध्यालयमा अध्ययनरत बिध्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागी सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम सचिव राजेन्द्र घिमिरेको संयोजन तथा संचालक , उपाध्यक्ष उदय कुमार मल्लीकको स्वागत सम्पन्न भएको थियो ।
कार्यक्रममा बिध्यालयमा अध्ययनरत सबै बिध्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।