Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पकेट कार्यक्रमका विषयमा जनप्रतिनिधिहरु र कर्मचारीलाई अभिमुखीकरण


  • लुम्बिनी चिन्तन
  • आश्विन ७, २०७९ शुक्रवार
  • 472
    SHARES

पकेट कार्यक्रमका विषयमा जनप्रतिनिधिहरु र कर्मचारीलाई अभिमुखीकरण


भैरहवा असोज ७/
रुपन्देहीमा सञ्चालनमा रहेका पकेटका कार्यक्रममा देखिएको अन्यौलता हटाउनका लागी जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
तीन वर्ष यता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । कार्यक्रम सञ्चालन गर्दा कार्यविधि मिचेर कार्य सम्पादन हुन थालेपछि भैरहवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको परियोजना प्रमुख नारायण काफ्लेले जानकारी दिनु भयो ।  
रुपन्देहीमा चालु आर्थिक वर्षकालागि २० वटा पुराना पकेटको निरन्तरता हो भने १६ वटा नयाँ पकेटका कार्यक्रम सञ्चालन हुँदै छन् । पकेटका कार्यक्रम सञ्चालन गर्न रुपन्देहीमा चार करोड ५४ लाख बिनियोजन भएको छ । पकेट कार्यक्रम अन्तरगत धान, तरकारी, गहुँ, बाख्रा, मकै र केराका कार्यक्रम सञ्चालनमा छन् । गएको आर्थिक वर्षमा रुपन्देहीमा १७ वटा पकेटका कार्यक्रम हुन सकेका थिएनन् । अधिकांश स्थानीय तहले पशु पालन तर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषि तर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मुख थियो ।
कार्यविधिमा भएको अन्यौलताले कार्य सम्पन्नमा समस्या आएको कृषि तथा पशु प्रविधिकहरुको भनाई छ । एउटा पकेट दुई वर्षपछि संख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपर जोनमा स्तरबृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रुपान्तरित हुन सकेका छैनन् । एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । तर, स्थानीय तहले फरक फरक गाउँमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
परियोजनाले कार्यविधि मिचेर कार्य सञ्चालन नगर्न सबै स्थानीय तहका प्रमुख तथा सम्बन्धित फाँटका कर्मचारी स्पष्ट पारेको छ । यता, जनप्रतिनिधीहरुले भने कार्यविधि संशोधन गरेर भएपनि आफु अनुकुलका कार्यक्रम सञ्चालन हुन पर्ने माग गरेका छन् । कार्यक्रममा रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, सियारी गांउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे , बुटवल उपमहानगरपालिकाका प्रसासकिय अधिकृत टेकराज पन्थी  लगायतले कृर्षी क्षेत्रमा देखएिका समस्या र समाधानका बिषयमा धारणा राख्नु भएको थियो । 
कार्यक्रम जिल्ला समन्वय समिती रुपन्देहीका संयोजक उमाकान्त चपाईको अध्यक्षता कृर्षी अधिकृत सौरभ विश्वकर्माको स्वागत तथा जिवन पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्याल , परियोजना संयोजक हस्तबहादुर बिष्ट , नगरपालीका गांउपालिकाका प्रमुख उपप्रमुख , प्रशासकिय अधिकृत , कृर्षि शाखा अधिकृत लगायतको सहभागीता रहेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार