भैरहवा असार २७/
प्रधानमन्त्री कृर्षी आधुनिकीरण ईकाई रुपन्देहीको आयोजनामा पकेट बिकास कार्यक्रमको बार्षिक प्रगति समिक्षा तथा रिर्पोटिड. कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८१, ०८२ मा स्थानिय तहमा संचालित पकेट बिकास कार्यक्रम अन्तरगत रुपन्देही जिल्ला भित्र संचालनमा रहेका कार्यक्रमहरुको प्रगति समिक्षा तथा रिर्पोटिड. भएको प्रधानमन्त्री कृर्षी आधुनिकीरण परियोजना कार्यान्वयन ईकाई रुपन्देहीका प्रमुख नारायण काप्लेलले जानकारी दिनु भयो ।

कार्यक्रममा रुपन्देहीका १६ स्थानिय पालिकाहरु मध्ये सहभागी १२ पालिकाका कृर्षि प्रतिनीधीहरुको कार्य प्रगतिको बारेमा रिर्पोटिड. गरेका थिए । आर्थिक बर्ष २०८१, ०८२ मा पकेट कार्यक्रम अन्तरगत एक करोड २६ लाख बजेट बिनियोजन भएकोमा ४२ लाख रुपैया मात्र खर्च भएको उनिहरुले प्रगति समिक्षा मिटिड.मा रिर्पोटिड. गरेका थिए ।
कार्यालयले पकेट बिकास कार्यक्रम अन्तरगत धान , आलु, माछा, तरकारी लगायतमा अनुदान दिदै आएको छ । स्थानिय पालिकाहरुमा जनप्रतिनीधीहरुको असहयोगका कारण बजेट कार्यान्वयन हुन नसकेको उनिहरुको भनाई थियो ।
प्रधानमन्त्री कृर्षी आधुनिकरण परियोजना कार्यान्वयन ईकाई रुपन्देहीका प्रमुख नारायण काप्लेको अध्यक्ष तथा जिल्ला समन्वय समितीका संयोजक उमाकान्त चपाईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन पशुपती सिंहले गरेका थिए ।