भैरहवा मंसिर १५/
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको गहुँ जोनको सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ ।
भैरहवामा एक कार्यक्रमको आयोजना गरी समिति पूनर्गठन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए ।
कृषि ज्ञान केन्द्र रूपन्दहीका वरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाको प्रमुख आथित्यता तथा समरीमाई गाँउपालिका कृषि शाखा प्रमुख सुरज पाण्डेको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
गहुँ जोन सञ्चालन समन्वय समिति पूनर्गठन कार्यक्रममा रुपन्देहीमा गहुँ जोन कार्यक्रम कार्यान्वयन भएका ३ वटा स्थानीय तह कोटहीमाई गाँउपालिका, समरीमाई गाँउपालिका र मर्चवारी गाँउपालिकाको विभिन्न वडाहरुमा रहेका कृषि सहकारी संस्था तथा कृषक समूहको तर्फबाट प्रतिनिधित हुने गरि हरेक स्थानिय तहबाट ३ जना प्रतिनिधि छनौट गरी पूनर्गठन गरिएको थियो ।
पूनर्गठन कार्यक्रमको सञ्चालन कृषि अधिकृत सौरज विश्वकर्मा गर्दै समिति गठनको उद्देश्य तथा भूमिकाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
पूनर्गठन कार्यक्रमबाट कोटहीमाई गा.पा–५ मा रहेको नवदुर्गा बहुउदेश्य स्वालम्बन सहकारी संस्थाको अध्यक्ष दुर्गा प्रसाद कुर्मी संयोजकत्वमा ३ महिला सदस्य सहित ९ सदस्य समिति चयन गरेको छ ।
कार्यक्रममा नि–वर्तमान समितिका सदस्यहरूले गहुँ जोन सञ्चालनमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो। 

कार्यक्रममा बोल्दै पूनर्गठित गहुँ जोन सञ्चालन समन्वय समितको संयोजक रुपमा चयन हुनु भएका दुर्गा प्रसाद कुर्मीले गहुँ जोन कार्यक्रमलाई सफल बनाउन लागि सबै सरोकारवालासँग सहकार्य तथा समन्वय गरी समितिले कार्य गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि बरिष्ठ कृषि प्रसार अधिकृत अनिल कानु बाँनियाले गहुँ जोन सञ्चालन समन्वय समितिले कार्यालयहरूसँग समन्वय गरी मर्चवार क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले नयाँ समितिले पनि कृषकको हितको लागि अझै राम्रो कार्य गर्नको शुभकामना दिए ।
विशेष अतिथि सुरज पाण्डेले गहुँ जोनले अघिल्लो समिति तथा स्थानिय तहसँग समेत समन्वय गरि गहुँको उत्पादकत्व बृद्दि तथा लागत न्यूनिकरणमा उल्लेखनिय कार्य गरकाले नयाँ समितिले पनि समन्वय तथा सहकार्य गरि उत्कृष्ट कार्य गर्नको लागि सफल कार्यकालको शुभकामना दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रूपन्देहीका प्रमुख नारायण काफ्लेले पूनर्गठित पुरानो समितिको अतुलनिय योगदानको चर्चा गर्दै धन्यवाद व्यक्त गर्नुका साथै पूनर्गठित गहुँ जोन सञ्चालन समन्वय समितिका संयोजक तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै समितिले जोन क्षेत्र कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण योगदान गर्न सक्ने भएकाले सबै सदस्यहरु एकताबद्ध भएर आधुनिक उन्नत प्रविधिहरु अवलम्बन गर्दै गहुँ जोनमा पूर्ण यान्त्रिकीकरण गर्न आवश्यक सहयोग गर्न तथा विभिन्न समस्याहरुको समयमै समाधान गर्न अग्रसर भएर लाग्न सुझाव प्रदान गरे ।