Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने


  • लुम्बिनी चिन्तन
  • श्रावण २, २०८२ बिहिवार
  • 1.0K
    SHARES

सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने

३२ असार, काठमाडौं ।

सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आगामी साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने जानकारी दिए ।

कोदोजन्य बाली समूहमा सामान्यतया १० थरीका बालीहरू बढी प्रचलनमा रहेतापनि नेपालमा कोदो, चिनो, कागुनो र जुनेलो बढी खेती गरिनेमा पर्छन्। फापर र लट्टे पनि दानाको आकार–प्रकार, पोषण सम्बन्धी गुण र उपभोगको तरिकामा रहेका केही समानताको कारण कोदोजन्य बालीअन्तर्गत नै राख्ने गरिन्छ।

विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि आधुनिक जीवनशैली र सोसँगै खाने बालीमा आएको परिवर्तनलगायतका कारण कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ। खाद्य तथा कृषि प्रणालीमा देखा परेको समस्या एवं चुनौतीबीच पछिल्लो समय कोदोजन्य बालीप्रति विश्वव्यापी रूपमा नै आम चासो बढ्दै गएको पाइन्छ।

कोदोजन्य बालीहरूमा विद्यमान खाद्य सुरक्षा, स्वास्थ्य तथा पोषण एवं जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन सम्बन्धी गुणलगायतले यस्तो भएको हो।

कतिपय देशहरूले त्यस्ता बालीहरूको प्रवर्द्धनको लागि राष्ट्रिय अभियान नै संचालन गरेका उदाहरण पनि छन्। यसै सन्दर्भमा मित्रराष्ट्र भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघ साधारणसभाको पचहत्तरौं सेसनले पारित गरे बमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाइँदैछ।

मूलतः कोदोजन्य बालीहरूको महत्व बारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउँदै आइएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार