Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुद्धारा आन्दोनलनको चेतावनी


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७९ आइतवार
  • 450
    SHARES

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुद्धारा आन्दोनलनको चेतावनी


भैरहवा असोज ९,
बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । 
उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् । नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् । 

g 2.jpg
लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो । 
विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वर्षिक लाखौ पर्यटक आउने भएपनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको छ । सरकारले रात्रीकालिन बजारको अवधारणा ल्याउदा सार्वजनिक ठाउ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फाहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको छ । 
हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आत्तुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न नसकेको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भन्नु भयो । 

g 5.jpg
कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ । लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले हामीले स्थानीय सरकारलाई १५ दिन भित्र वतावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको होटल संघ नेपालका अध्यक्ष ज्ञवालीले भन्नु भयो । 
अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेका छन् ।  लुम्वीनी सांस्कृतिक नगरपालीका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तर त्यो क्षेत्र अन्धकारमा छ विज्ञप्तीमा भनिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार