भैरहवा चैत्र १४,
विश्व शान्ति र बन्धुत्वको सन्देश बोकेको “धम्म यात्रा २०८२” शनिवार भैरहवाको लुम्बिनी गेटमा समापन भएको छ ।
“वाक फर इनर पिस” भन्ने मूल नारासहित सिद्धार्थ रंगशालाबाट सुरु भएको धम्म यात्राले भैरहवाका सडकहरूमा शान्ति र आध्यात्मिकताको सन्देश प्रवाह गरेको थियो ।
पहेँलो (कषाय) वस्त्रमा सजिएका श्रद्धालुहरू, भिक्षु तथा सहभागीहरूको अनुशासित पदयात्रामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्ध धर्मावलम्बी, युवा तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्म यात्रा गर्न लागिएकोमा शनिवार भैरहवामा समापन गरीएको बौद्ध समाजका अध्यक्ष शंकर गाहाले जानकारी र्दिए ।
अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा भएको यस कार्यक्रमले नेपाल लगायत विश्वभर शान्तिको सन्देश दिन, पर्यटन पवद्र्धन गर्न र सबै जात, धर्मको सामाजिक एकतालाई थप मजबुद्ध पार्न सफल भएको गाहाले बताए । यसअघि नेपालमा गरिएका धम्म यात्राको सिको गरेर थाइल्याण्ड, इन्डोन एशिया, चीन लगायतका मुलुकमा पनि कार्यक्रम हुन लागेको उनले बताए ।

यात्रामा प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, स्थानीय सरकारका प्रतिनिधि सहभागी थिए । श्रामणेरलाई लुम्बिनी गेट परिसरमा पुष्प अर्पण गरी स्वागत गरिएको थियो । बुद्धले ज्ञान लाभ प्राप्त गरेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा गृहनगर कपिलवस्तुको तिलौराकोट फर्कंदा प्रयोग गरेको मार्गका रुपमा हालको सिद्धार्थनगर–लुम्बिनी मार्गलाई चिनिन्छि ।
यही मार्गमा अवस्थित लुम्बिनी गेटको प्रबद्र्धन गरी धार्मिक पर्यटक भित्र्याउने कार्यक्रमको लक्ष्य रहेको समाजका अध्यक्ष गाहाले बताए ।
धम्मयात्रालाई निरन्तरता दिंदा पर्यटकीय दृष्टिकोणले समेत फाइदा पुग्ने विश्वास आयोजकको छ । अल्पकालीन भिक्षुहरूले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ । धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु लाई लिईन्छ ।््