Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्वदेश फर्किए नगर प्रमुख खाँ, बैंकक कार्यक्रमले नेपाललाई धेरै फाइदा हुँने विश्वास


  • लुम्बिनी चिन्तन
  • जेठ ३, २०८२ शुक्रवार
  • 408
    SHARES

स्वदेश फर्किए नगर प्रमुख खाँ, बैंकक कार्यक्रमले नेपाललाई धेरै फाइदा हुँने विश्वास

भैरहवा, जेठ ०२ । हालै सम्पन्न २५६९औं बुद्ध पूर्णिमाको अवसरमा बैंककस्थित नेपाली राजदूतावासद्वारा आयोजित विशेष कार्यक्रम “लुम्बिनी, नेपाल – भगवान बुद्धको जन्मस्थल, विश्व शान्तिको उद्गम स्थल” मा सहभागी भई स्वदेश फर्किएका सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले उक्त कार्यक्रम नेपालका लागि उपयोगी भएको बताएका छन्।

 

स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै उनले भने, “कार्यक्रम निकै प्रभावकारी रह्यो। यसबाट नेपाललाई विशेषगरी लुम्बिनीको प्रचारमा लाभ पुग्नेछ।”


नगर प्रमुख खाँले लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान अझ मजबुत बनाउन नेपाल सरकारलाई थप सक्रिय हुन आग्रह गरे। “भगवान गौतम बुद्ध नेपालमै जन्मिनुभएको ऐतिहासिक तथ्य अझै पनि धेरै ठाउँमा स्पष्ट रूपमा फैलिएको छैन,” उनले भने, “नेपाल सरकारले यो तथ्यलाई विश्वभर फैलाउनु अति आवश्यक छ।”

लुम्बिनीको प्रचारप्रसारमा हालसम्म अपेक्षित काम नभएको भन्दै उनले भने, “हामी अहिलेसम्म लुम्बिनीको प्रचारमा शून्य प्रतिशतमा छौं।” त्यसैले, सिमानाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई लुम्बिनीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे जानकारी दिनुपर्नेमा उनले जोड दिए। उनीहरुले नेपालमा लगानी गर्न इच्छुक रहेको प्रमुख खाँले बताए ।

उनले बैंककमा आयोजित कार्यक्रममा सहभागिताले सिद्धार्थनगर नगरपालिकालाई समेत सकारात्मक प्रभाव पारेको बताए। “यस कार्यक्रमले हाम्रो नगरपालिकाको छवि र भूमिका दुवैमा सकारात्मक प्रभाव पारेको छ। यो हाम्रो लागि प्लस पोइन्ट सावित भएको छ,” नगर प्रमुख खाँले भने।

 
कार्यक्रममा थाईल्यान्डका बौद्ध धर्मगुरु, बुद्ध अनुयायी, नेपाली समुदाय, र विभिन्न मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमले बुद्ध धर्मको शान्ति सन्देश फैलाउनुका साथै लुम्बिनीको महत्त्वबारे अन्तर्राष्ट्रिय समुदायमा ध्यानाकर्षण गराएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार