Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

टीपीएस खारेजीः करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने खतरा


  • लुम्बिनी चिन्तन
  • भाद्र ५, २०८२ बिहिवार
  • 226
    SHARES

टीपीएस खारेजीः करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने खतरा

भाद्र ०५ ।

अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको निर्णयलाई सदर गरेपछि नेपाली नागरिकलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएस खारेज गर्ने बाटो खुलेको छ।
सन् २०१५ को भूकम्पपछि करिब १५ हजार नेपालीले पाएको यो सुविधा अब अन्त्य हुने भएपछि हाल टीपीएस मा रहेका करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने अवस्था आउन सक्छ।
पूर्व राष्ट्रपति ट्रम्पको प्रशासनले नेपालसहित होन्डुरस र निकारागुआका टीपीएस सुविधा अन्त्य गर्ने निर्णय गरेको थियो। यसविरुद्ध दायर मुद्दामा तल्लो अदालतले नोभेम्बर १८ सम्मको समय दिएको भए पनि पुनरावेदन अदालतको पछिल्लो फैसलाले टीपीएस खारेजी कार्यान्वयन गर्न बाटो खुला भएको हो।
टीपीएस यस्तो अस्थायी सुविधा हो, जसअन्तर्गत प्राकृतिक विपद् वा द्वन्द्वग्रस्त देशका नागरिकलाई अमेरिका बस्न र काम गर्न अनुमति दिइन्छ। तर यो स्थायी बसोबासको अनुमति होइन। 


लुम्बिनी चिन्तन

थप समाचार