काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल र भुटान १–१ गोलको बराबरीमा रोकिएको छ ।
बुधबार भुटानमा सम्पन्न खेलमा दुवै टिमले गोल खेलको पहिलो हाफमा भएका थिए । नेपालले खेलको १०औं मिनेटमा सेनु परियारको गोलमा अग्रता लिएपनि भुटानले १८औं मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।
अब नेपालले अर्को खेल शुक्रबार साउदी अरेबियासँग खेल्ने तालिका छ भने भुटानले पनि शुक्रबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।
आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
१२ देशले भाग लिने एएफसी यू(२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।