Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेइजिङ पुगे प्रधानमन्त्री ओली


  • लुम्बिनी चिन्तन
  • भाद्र १७, २०८२ मंगलवार
  • 314
    SHARES

बेइजिङ पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, १७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। उनी तियानजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । 
प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार