भैरहवा असोज ९
जगतगुरु कृपालु परिषद्की प्रचारिका शुश्री निकुञ्जेश्वरी देबीले भगवान प्रतिको भक्ति हुन मन्दिरमा धाउँदैमा, शंख–घण्ट बजाउँदै र आरती उतार्दैमा मात्र नहुने बताउनु भएको छ । भगवानप्रतिको भक्ति गर्दा हृदयदेखि नै प्रेम गर्न सक्नुपर्ने उहाले बताउनु भयो ।
जगतगुरु कृपालुजी महाराज जन्मेको शताब्धि पुगेको अवसरमा उक्त परिषद्द्वारा यस बर्षका लागि आयोजित शतवार्षिकी कार्यक्रम मनाउने योजना अन्तर्गत भैरहवा आइपुगेकी प्रचारिका निकुञ्जेश्वरीले आइतबार पत्रकारसँगको भेटघाटमा आध्यात्मिक भावना व्यक्त गर्नु भएको थियो ।
जगतगुरु कृपालुजी महाराजको मुख्य आश्रम रहेको भारतको प्रयागराजस्थित प्रतापगढको भक्तिधामबाट उनी केही दिनका लागि शतवार्षिकी कार्यक्रम अन्तर्गत नेपाल आउनु भएको हो । उनी सात वर्षको उमेरदेखि नै धार्मिक जीवन बिताइरहनु भएको छ ।
जगतगुरु कृपालुजी महाराजको मुख्य आश्रम प्रतापगढको भक्तिधामको आसपासका क्षेत्र मनगढ, बृन्दावन र वर्षिनामा गरिब र असाहाय बिरामीको निःशुःक उपचारका लागि जगतगुरु कृपालु परिषद्ले अस्पताल संचालन गरेको उहाले बताउनु भयो ।
यसैगरि ग्रिव विद्यार्थीका लागि निःशुल्क अध्ययनका लागि विद्यालय र कलेज पनि संचालनमा रहेको उहाले बताउनु भयो ।,