Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली


  • लुम्बिनी चिन्तन
  • आश्विन ११, २०७९ मंगलवार
  • 400
    SHARES

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली


भैरहवा असोज ११/
लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित हुनु भएको छ । विद्यालयको १७ औँ साधारणसभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित ज्ञवालीलाई पुन चयन गरेको हो । 
ज्ञवालीले आप्नौ २ कार्यकालमा बिध्यालयको भौतिक तथा शैक्षिक गुण्स्तरमा सुधार ल्याएका थिए । मायादेवी–४ झुलनीपु्र स्थित विद्यालयको सोमबार भएको साधारण सभाबाट आगामी ३ वर्षे कार्याकालका लागि अध्यक्षमा ज्ञवाली अध्यक्षमा , प्रबन्ध संचालकमा पिताम्बर न्यौपाने, संचलक सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित हुनु भएको छ । 
त्यसैगरी  सन्तकुमार यादवको संयोजकत्व, त्रिभुवन दत्त मिश्रा र किरन पौडेल सदस्य रहने गरी लेखा समिति, सल्लाहकारमा राजेश ढकाल र लिलामणी पाण्डेलाई चयन गरिएको छ । ९ सय बढि विद्यार्थी रहेको विद्यालय १७ कठ्ठा क्षेत्रफलमा आफ्नै भवनबाट अध्यापन गरिरहेको छ । 
शैक्षिक सुधारका लागि थप जनशक्ति र भौतिक पूर्वाधारहरु जोड्ने विद्यालयका प्रबन्ध संचालकमा पिताम्बर न्यौपानेले बताए । कार्यक्रममा बोल्दै संस्थापक सदस्य तथा प्रमुख अतिथी राजु ढकाल, लुम्बिनी विश्व विद्यालयका परिक्षा नियन्त्रक इन्द्र काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका वडाध्यक्ष नइमुल हक, उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डे लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो । 
विद्यालयका अध्यक्ष गोबिन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने र संचालन संचालक सदस्य लिलामण्ी पाण्डेले गर्नु भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार