Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एम्नेस्टीद्वारा बिद्यार्थीलाई मानवअधिकार शिक्षा


  • लुम्बिनी चिन्तन
  • चैत्र २, २०७७ सोमवार
  • 898
    SHARES

एम्नेस्टीद्वारा बिद्यार्थीलाई मानवअधिकार शिक्षा

बुटवल । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलले नारी दिवसको सन्दर्भमा महिला हिंसा बिरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बिद्यालय तथा समुदायमा महिलामाथी हुने हिंसाका बिरुद्ध बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज गिरीले हिंसा अन्त्यको लागि सबैमा चेतना अपरिहार्य रहेको बताउनु भयो । समाजमा हुने जुनसुकै हिंसा पनि चेतनाको कमीका कारण हुने गरेको बताउँदै हिंसा न्यूनिकरणको लागि चेतनाको स्तर बढाउनु पर्ने उहाँले भनाई राख्नुभयो ।

त्यस अवसरमा एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ का सल्लाहकार तथा पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडेले नेपालको सन्दर्भमा हिंसाको अवस्था, पिडकलाई कारवाहीको लागि कानुनी व्यबस्था तथा पिडितलाई न्याय प्राप्तीको बारेमा भएगरेका व्यबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

समुहकी संयोजक शरीता भारी (बज्राचार्य)को अध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी नेपालका पूर्व महासचिव तथा समुहका पूर्व संयोजक करुण खनाल, प्रस्तावित महिला समुहकी सदस्य राधा ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।

त्यस्तैगरी बुटवलका बिद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गरिएको छ । बुटवल उपमहागरपालिका वडा नं. ६ मा रहेको शाधन महिला बिद्यालय र तिलोत्तमा नगरपालिकाको योगिकुटीमा रहेको जनजाग्रिती माध्यमिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलले मानव अधिकार शिक्षा प्रदान गर्नुको साथै बिद्यार्थीलाई मास्क र सेनिटाईजर प्रदान गरेको थियो ।

बिद्यालय तहमा अध्ययन गर्ने ७० जनाभन्दा बढी बिद्यार्थी सहभागि भएको उक्त कार्यक्रममा समुहकी संयोजक शरीता भारी र कार्यसमिति सदस्य मधुकर घिमिरेले मानव अधिकार शिक्षाको बारेमा प्रकाश पार्नुभएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार