भैरहवा मंसिर १९/
बहिरा बाल माध्यामिक बिध्यालय रुपन्देहीले ३१ औं अन्तरास्ट्रिय अपाङग दिबसको पुर्ण सन्ध्यामा बिध्यालय परिसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम २०७९ सम्पन्न भएको छ ।
समाबेशी बिकासका लागि रुपान्तरणमुखी उपायहरु पहुचपुर्ण समान बिश्वको लागि नवप्रबर्तन भन्ने नारका साथ अन्तरास्ट्रिय अपाङग दिबस मनाईरहदा बहिरा बाल माध्यमिक बिध्यालयले प्रतिभा प्रस्फुटन कार्यक्रम सन्चालन गरेको बिध्यालयका प्रिन्सीपल भिम बहादुर थापाले जानकारी दिनु भयो ।
बिध्यालय ब्यबस्थापन समितिका कार्यवहाक अध्यक्ष शारदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिध्यार्थीहरुले नाटक , नृत्य, जादु ,कराते लगायतका प्रतिभाहरु प््रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारि बिध्यालयलाइ अझै ब्यबस्थित गर्दै भवन निर्माण देखि लिएर बिद्यार्थीहरुलाइ आबश्यक शैक्षिक सामाग्रीहरुको पहुच पूरा गर्नमा आफू प्रतिबद्ध रहेको बताउदै यसको लागि सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा पक्लिहवा माध्यामिक बिध्यालय ब्यावस्थिापन समितीका अध्यक्ष सुशिल गुरुड., बहिरा बाल बिध्यालयका प्रिसिपल भिम बहादुर थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बिध्यालयका सहायक प्रध्यानाध्यापक बिष्णु प्रसाद ढकालको स्वागत तथा शिक्षक कृष्ण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिदार्थनगर नगरपालिकाका शिक्षा प्रमुख चेतनशिल लम्साल , बिधालय ब्यबस्थापन समिती सदस्य खगराज पाण्डे , हरि खनाल , मिना गौतम लगायतको सहभागीता रहेको थियो ।
२०३२ सालमा स्थापना भएको बिध्यालयमा मुलुकभरका ३३ जिल्लाका २ सय ४० बिध्यार्थी अध्ययनरत छन् । बिध्यालयमा ८ जना बिध्यार्थी भारतका समेत रहेका छन् । कक्षा १२ सम्म अध्ययन हुने बिध्यालयमा सिलाई कटाई सम्बन्धी ब्यावसायिक तालीम समेत छ ।