Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोहिणीका विद्यालयहरु पुस २९ सम्म बन्द रहने


  • लुम्बिनी चिन्तन
  • पौष २५, २०७९ सोमवार
  • 246
    SHARES

रोहिणीका विद्यालयहरु पुस २९ सम्म बन्द रहने

भैरहवा, २५ पुस ।
रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गतका विद्यालयहरु पाँच दिनका लागि बन्द हुने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै मौसममा कुनै सुधार नआएकाले पुनः पुस २५ गतेदेखि पुस २९ गतेसम्म विद्यालय बन्द गरिएको जनाएको छ । 

यसअघि अत्याधिक चिसो मौसमका कारण गाउँपालिकाले पुस १९ देखि २४ गतेसम्म विद्यालयहरु बन्द गरेको थियो । वर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार