Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

संगठन र व्यवस्थापन सुधार गरेर जानु पर्ने : रामशरण महत


  • लुम्बिनी चिन्तन
  • चैत्र ७, २०७७ शनिवार
  • 814
    SHARES

संगठन र व्यवस्थापन सुधार गरेर जानु पर्ने : रामशरण महत

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले आफ्नो संगठन र व्यवस्थापन सुधार गरेर जानुपर्ने बताएका छन ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बिहान भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता डा. महतले सबै क्षेत्रलाई सुधार गर्दै अबको सरकारको नेतृत्व सबैलाई एकताबद्ध गरेर कांग्रेसले लिनु पर्ने बताए । उनले निर्वाचन भए नेपाली कांग्रेसलाई फाइदा हुन सक्छ भन्ने दृष्टिकोण पार्टीभित्र रहेको बताए । 
नेपालको इतिहासमा, राजनितिक लगायत लोकतन्त्रको आन्दोलन होस चाहे  सशस्त्र आन्दोलन होस, राजनीतिक क्रान्ति, पद्दति र जनआन्दोलनको सफल नेतृत्व जहिले पनि कांग्रेसले नै गर्दै आएको छ ।  यही सरकार रहे वा अर्को सरकार बने पनि मध्यावधि निर्वाचन हुन सक्ने सम्भावना छ । देशलाई कांग्रेसले नै अगाडी बढाएकोले आगामी निर्वाचनमा पार्टीले सरकारको नेतृत्व लिने गरी अगाडी बढाउनु पर्छ । महतले भने 
कम्युनिष्ठ सरकार र नेकपा भित्रको आन्तरिक संघर्षले गर्दा नै राजनितिक उथलपुथल र देशमा ठुलो संकट आएको बताउदै मुलुकलाई संकटबाट मुक्त गर्न आवश्यकता रहेको छ कांग्रेसमा भएका कमी कमजोरीलाई सुधार गर्दै सबै एकताबद्ध रुपमा अगाडी बढनुपर्छ  । कि राजीनामा दिनु पर्यो, कि विश्वासको मत लिएर जानु प¥यो यस्ता विकल्पहरु छन । हामीको संग मिलेर जाने भन्दा पनि हामीले अगामि सरकार बनेको खण्डमा कस्ता कदम चाल्ने र कस्ता निति लिनु पर्ने सहमति गरेर मात्र कुनै समूहसँग मिल्ने बताए ।
प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको अध्यक्षता तथा सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार