Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ओमसतियाका विभिन्न विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव


  • लुम्बिनी चिन्तन
  • चैत्र ९, २०७९ बिहिवार
  • 254
    SHARES

ओमसतियाका विभिन्न विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव


भैरहवा चैत्र ६,

रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलग अलग टिमले अनुगमन गरेका हुन् ।

विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

vv.jpg

गाउँपालिकाले शिक्षा क्षेत्रलाई  प्राथमिकतामा राखेको छ’, विधार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उनले भने, ’यदि कुनै विधालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’

कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिकन परिक्षा दिन उपाध्यक्ष चौधरीले बिद्याथीहरुलाई सुझाव दिइन ।

अनुगमन समिति संयोजक समेत रहेकी चौधरीले कुनै पनि विधालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताईन ।

परिक्षा रहे सम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागीत रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार