Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बिउविजन सम्बन्धि तीन दिने तालिम रुपन्देहीमा शुरु


  • लुम्बिनी चिन्तन
  • चैत्र ९, २०७९ बिहिवार
  • 284
    SHARES

बिउविजन सम्बन्धि तीन  दिने तालिम रुपन्देहीमा शुरु

 

भैरहवा चैत ६

कृषि ज्ञान केन्द्र भैरहवाको आयोजानमा पहिलो पटक बीउविजन उत्पादन, प्रमाणिकरण तथा विक्रि सम्बन्धी ३ दिने तालिम शुभारम्भ गरिएको छ ।   सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चपाईंले  तालिमको शुभारम्भ  गरे ।

पशुस्वाथ्य प्राविधिक समेत रहेका जिसस प्रमुख चपाईंले कृषि तथा पशुस्वाथ्य कर्मीहरुले आफुले आयमा वृद्धि गर्ने उदेश्यका साथ किसानहरुलाई मर्कानै पर्ने गरी सेवा शुल्क लिन नहुने बताएका  छन् । पछिल्लो समयमा युवा पुस्ताहरुको कृषि  तथा पशुपालन क्षेत्रमा आर्कषण बढ्दै गएको भन्दै उनले राज्यले नै युवा शक्तिलाई विदेश पलायन  रोक्न स्वदेशमा नै कृषि तथा पशुपालन क्षेत्रमा लगाउने नीति ल्याउनुपर्नेमा सुझाव समेत दिएका थिए ।

vv.jpg

कुनै पनि समयमा किसानले उत्पादन राम्रो हुने भनेर लगाईंएका बीऊबाट  उत्पादन प्रतिफल प्राप्त नभएको अवस्था समेत रहेको जानकारी दिदै उनले  बीऊ विजन विक्रेताका एग्रोभेट पसलहरुले परिक्षण गरेर त्यसको उत्पदकत्व निश्चित भएपछि मात्रै विक्रि  गर्न आग्रह गरेका थिए ।

तालिम शुभारम्भको औपचारिक कार्यक्रममा बोल्दै राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख  रोशन बस्नेतले पछिल्लो समयमा विकास भएका नेपाली हाईब्रेड विउ प्रयोगमा जोड दिनुपर्ने बताए ।उनले विगत लामो समय देखि नेपाल कृषि अनुसन्धान परिषद् नार्कले अनुसन्धान गरेर विऊ विजन प्रमाणिकरण गरी बजारमा पठाउने गरेको जानकारी दिदै उनले विक्रेताहरुले विउ विजनको  विक्री गर्दा त्यसको विश्वसनीयता आधारमा मात्रै  विक्रि वितरण  गर्नुपर्ने बताएका थिए ।

कृषि विकास निर्देशनालय बुटवलका बरिष्ट कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डितले कृषि को क्षेत्रमा बीऊको ठुलो भूमिका हुने भन्दै   विऊ पल विक्रि गर्दा कानून सम्मत रुपमा मात्रै विक्रि वितरण गर्नुपर्ने बताएका थिए ।

विऊ विजन प्रयोगशाला भैरहवाका निमित्त प्रमुख शालीकराम गौतमलले विउ विजनको प्रयोगमा उच्च सतर्कता अपनाउनुपर्ने बताउँदै यसमा एग्रोभेट सञ्चालक  देखि किसान समेत सचेत हुनुपर्ने बताएका थिए ।

तालिममा  राष्ट्रिय बिउविजन नियन्त्रण केन्द्र  काठमाण्डौका बरिस्ठ बाली विकास अधिकृत डा . प्रकाश अचार्यले  बोल्दै नेपालमा विऊ बिजन ऐन २०४५ जारी भएको परिपेक्षमा कानूनले बर्जित गरेका विऊ विजनको कारोबार गरेमा २५ देखि ५० हजार सम्म जरिवाना र १ देखि ३ बर्ष सम्म कैद हुन सक्ने भन्दै यसमा सबै जना सचेत हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख सन्देश धितालले विगत लामो समय देखि रोकीएको तालिम आयोजना गरिएको बताए । उनले  उक्त तालिम लिएपछि मात्रै सम्बन्धीत ज्ञान केन्द्रले अनुमती दिएर मात्रै एग्रोभेट सञ्चालन गर्न पाउने कानूननी प्रवधान रहेको कारण सोही अनुसार  को माग बमोजिम तालिम आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला संमन्वय अधिकारी धर्मा अर्याल, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाका कृषि विकास अधिकृत सुदिप गौतम , कृषि ज्ञान केन्द्र का कृषि प्रसार अधिकृत अनिल कुमार बानियाँ लगायतको  सहभागीता रहेको थियो ।

३ दिन सम्म चल्ने तालिममा एग्रो भेट सञ्चालक,  विऊ विजनको कारोबार गर्दै आएका व्यवासयीहरु, कृषिका विद्यार्थी सहित  विऊ विजन सहकारीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।  


लुम्बिनी चिन्तन

थप समाचार