Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरलाई छिट्टै बालमैत्री पालिका घोषणा गरिदै


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०८० मंगलवार
  • 338
    SHARES

सिद्धार्थनगरलाई  छिट्टै बालमैत्री पालिका घोषणा गरिदै


दीपिका गिरि  
  भैरहवा जेठ २.
सहभागिता,सहकार्य र समावेशितालाई नेपालको संविधान २०७२ ले सुरक्षित गरेको छ । सहभागिताका कुरा गर्दा बजेट निर्माणदेखि त्यसको कार्यान्वयन सम्म सबैको अर्थ पुर्ण सहभागिता आवश्यक पर्छ । राज्यका हरेक काममा हामीले महिला तथा बालबालिकाको पक्षमा भाषण गरेपनि उनीलाई समावेश गरेको पाईदैन् । अझ बालबालिकाको पहुंच त निकै कम देखिन्छ । 
बालबालिका भनेका देशका भविष्य हुन, बालबालिकाको बिकास हुनु भनेको देशको विकास हुनु हो । यसै सन्र्दभमा सिद्धार्थनगर नगरपालिकाले बालबालिकालाई लक्षित गरेर के कस्तो कार्यक्रमहरु गरिरहेको छ भनेर बुझ्ने क्रममा हामीले सिद्धार्थनगर नगरपालिकाको सामाजिक विकास शाखाप्रमुख  यादव प्रसाद शापकोटासंग कुराकानी गर्दा सिद्धार्थनगर नगरपालिकाले सिद्धार्थनगरलाई  बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको छ । 

pardes add 27.jpg
यही प्रयोजनको लागि यस बर्ष बालबालिका लक्षित कार्यक्रमको लागि २० लाख बजेट बिनियोजन गरेको छ । साथै युनिसेफबाट पनि केहीआर्थिक सहयोग प्राप्तभएको थियो । नगरलाई बालमैत्री नगर घोषणाका लागि  लागि बिद्यालय स्तरीय, वडा स्तरीय र नगर स्तरीय बालक्लब गठन गरिएको छ ।

वडा स्तरीय र नगर स्तरीय बालक्लबका पदाधिकारीहरु र विद्यार्थीलाई विभिन्न बाल मैत्री स्थानिय शासन्न सम्बन्धी अभिमुखिकरण र तालिम कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । 
निकट भविश्यमैै विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिने सिद्धार्थनगर नगरपालिका शिक्षा शाखाले जनाएकोछ । साथै शिक्षाशाखा र स्वास्थ्य शाखाबाट पनि कार्यक्रमहरु हुने गरेको जानकारी समेत गराउनु भयो । बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धन अन्तरगत बालबालिकाकाले पाउनु पर्ने अधिकारका कुराहरु, उनीहरुका संरक्षणका कुराहरु, उनीहरुलाई निर्णय प्रक्रियामा पनि सहभागिता जनाउने कुरा बालबालिका सम्बन्धित कार्यक्रमको अंश हुन ।  

बालमैत्रीमा बालबालिकाले पाउनु पर्ने संबैधानिक अधिकारको  व्यवस्था गरिएको छ ।
ती बाल अधिकारको  लक्षित वर्गमा प्रत्याभुत नभए सम्म हामीले नगरलाई बालमैत्रीनगर घोषणा गर्न सकिदैन् । यसैले ती कुराहरु बालबालिकाका अधिकारका कुराहरु,संरक्षण, सहभागिताका कुराहरु सुनिश्चित गर्नको लागि विभिन्न क्रियाकलापहरु संचानलगरिरहेका छौं सामाजिक विकास शाखा अधिकृत सापकोटाले भने । उनका अनुसार  आउने बजेटमा अझै धेरै बजेट विनियोजन गरिनेछ ।

 


लुम्बिनी चिन्तन

थप समाचार