सिमा खत्री
भैरहवा, २ जेठ
सिद्धार्थनगर १० निवासी कल्लु कुर्मीले खेती किसानी गर्न थालेको वषौं भईसक्यो । तर उनीसंग अहिलेसम्म म किसान हुं भन्ने कुनै परिचय थिएन ।
उनीजस्तै सिद्धार्थनगका विभिन्न वडामा धेरै किसान छन् । तर किसान कार्ड नहुंदा धेरै कठिनाई भोगेको बताउंछन् । यही किसानको समस्यालाई बुझेर नगरपालिकाबाट वितरण गरिने विभिन्न कृषि औजार, मलविउ लगायतमा सबै किसानको पहुंच होस् भनेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका किसानलाई कार्ड वितरण गरिएको छ ।
किसान कार्डले उनले किसानलाई आवश्यकता अनुसार मलखाद, बिउ पाउनका लागि सहज होस् भन्ने उद्देश्यले कृषक कार्ड वितरण सुरु गरिएको हो ।

नगरपालिका कृषि शाखाका अनुसार ‘ ‘किसानको समस्या समाधानकै लागि कृषक कार्ड जसको जति क्षेत्रफलमा खेती छ त्यहीअनुसार मल वितरण गर्नका लागि तथ्यांक संकलन गरिने गरिन्छ । कृषक कार्ड बिना मलखाद उपलब्ध गराउन समस्या आउन सक्छ । कसैले आवश्यकता भन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकता बमोजिम मल वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । वितरण गर्न बााकी रहेका किसानलाई कृषक कार्ड वितरण बिस्तारै बितरण हुने छ
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का किसानलाई कार्ड वितरण गरिएको छ । एक कार्यक्रमकाबीच वडाभिक्रका ७४ जना कृषकलाई कार्ड वितरण गरिएको वडाअध्यक्ष मुत्तिनाथ यादव (भोला) ले बताए । उनले किसानलाई आवश्यकता अनुसार मलखाद, बिउ पाउनका लागि सहज होस् भन्ने उद्देश्यले कृषक कार्ड वितरण सुरु गरिएको बताए ।
‘किसानको समस्या समाधानका लागि निरन्तर लागिरहेका छौं, उनले भने, ‘किसानको समस्या समाधानकै लागि कृषक कार्ड वितरण सुरु गरेका हौं ।’ वडाअध्यक्ष यादवले भने जसको जति क्षेत्रफलमा खेती छ त्यहीअनुसार मल वितरण गर्नका लागि तथ्यांक संकलन गरिने जानकारी दिए । कृषक कार्ड बिना मलखाद उपलब्ध गराउन समस्या पर्ने उनको भनाइ छ ।
कसैले आवश्यकता भन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकता बमोजिम मल वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको यादवले बताए । वितरण गर्न बााकी रहेका किसानलाई कृषक कार्ड वितरण गर्दै जाने उनले बताए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले कृषक कार्ड महत्त्वपूर्ण रहेको बताए । उनले किसानलाई आवश्यक मल, बिउ, सिंचाइको व्यवस्था गर्न सकेमा ठूलो उपलब्धि मान्नुपर्ने बताए ।
किसान कार्ड विषयमा नगरको कार्यपालिकाले निर्णय लिएको सिद्घार्थ नगर नगरपालिकाका प्रशासकीय प्रमुख नवराज पौडेलले बताए । उनले भने कतिपय वडाहरुमा बडा अध्यक्षहरुलाई जिम्मा लगाइको बताए । बडासमितिहरुले जो वहांका व्यक्ति किसान हुन कि होइन भनि पहिचान गर्ने हुदां वहाहरुलाई नै किसान कार्ड लिन आउन लगाएको पौडेलले बताए ।
यसको मुख्य उद्देश्य भनेको नगरपालिकाले जति पनि किसानहरुका लागि जति पनि अनुदानमा मल, कृषि औजार दिने , बिरुवाहरु दिने इत्यादि कार्डकै आधारमा दिने पौडेलले जानकारी दिए ।
नेपाल कृषि प्रधान देश हो तर सरकार किसानहरुको मर्का बुझ्न नसकेको अबस्थामा सिद्दार्थनगर नगरपालिकाले किसान कार्ड बितरण कार्य अगाडि बढाएकामा किसान पनि खुशी छन् ।
किसान कार्डले किसानहरुलाई उत्पादन बढाउन थप सहयोग हुने भएकोले यसलाई प्राथमिकतामा राखेर कार्यपालिकाको बैठक बाट नै यो निर्णय भएको हो।
कसरी वास्तविक किसानको पहिचान गर्ने बिषयलाइ लिएर सम्पूर्ण वडाबाट नै यसको छनोट प्रक्रिया अगाडि बढाइ किसान कार्ड बितरण गरिने सिद्दार्थनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पौडेलल बताए ।
कार्ड बितरण प्रक्रिया लालपुर्जाको आधारमा गरिने छ कार्डलाइ दुई भागमा बिभाजन गरिएको छ , सेतो कार्ड जसमा ५ कठठा देखि दस कठठा सम्मको लाई सेतो कार्ड दिइने छ यसमा किसानले सिमित रुपमा मल चाइएको हुने हुँदा छुट्टाउनको लागि सेतो कार्ड बितरण गरिने छ जसमा एक बोरा डि.ए. पि एक बोरा युरिया आदि दिइने छ ।त्यस्तै हरियो कार्ड दश कठठा भन्दा माथि जग्गा भएकोहरुलाइ बितरण गरिने छ , यो कार्डबाट दस कठ्ठा वा सो भन्दा बढीको लागि आवश्यक मल सम्बन्धित किसानले प्राप्त गर्ने छन् ।