Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संस्थागत विद्यालयहरुलाई सिद्धार्थनगरले भन्यो– छात्रवृत्ति विवरण बुझाउनुस्


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०८० शुक्रवार
  • 356
    SHARES

संस्थागत विद्यालयहरुलाई सिद्धार्थनगरले भन्यो– छात्रवृत्ति विवरण बुझाउनुस्

भैरहवा, २६ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका संस्थागत (निजी) विद्यालयहरुलाई छात्रवृत्ति विवरण बुझाउन पत्र जारी गरेको छ । शुक्रबार नगर शिक्षा समितिको बसेको बैठकले संस्थागत विद्यालयहरुलाई छात्रवृत्ति विवरण बुझाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । 

pardes add.jpg

‘संस्थागत विधालयहरुले वितरण गरेको छात्रवृत्ति विवरणबारे एकिन जानकारीका लागि विद्यालयहरुलाई असार ८ गते भित्र विवरण बुझाउन पत्र जारी गरेका छौं’,  सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा शिक्षा समितिका संयोजक इश्तियाक अहमद खानले भने, ‘विद्यालयहरुबाट विवरण प्राप्तपछि छात्रवृत्ति वितरणलाई नगरका क्षेत्रमा रहेका विद्यालयहरुमा थप कसरी प्रभावकारी बनाउन सकिने विषयमा छलफल गरेर अघि बढ्छौँ ।’


लुम्बिनी चिन्तन

थप समाचार