Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्याब्सन सिद्धार्थनगरले पत्रकारका छोराछोरीलाई नि:शुल्क पढाउने


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८० शनिवार
  • 800
    SHARES

प्याब्सन सिद्धार्थनगरले पत्रकारका छोराछोरीलाई नि:शुल्क पढाउने

भैरहवा असार १५/

प्याब्सन सिद्धार्थनगरले लुम्बिनी प्रेस क्लबमा आवद्ध पत्रकारका छोराछोरीहरुलाई नि:शुल्क रुपमा पढाउने भएको छ । संस्थागत विद्यालय परिवार (प्याब्सन) सिद्धार्थनगर र लुम्बिनी प्रेस क्लब बीच शुक्रबार यस विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

pardesh add 11.jpgप्याब्सन सिद्धार्थनगर अध्यक्ष गोकुल पोखरेलले नगरमा प्याब्सनमा रहेका एक विद्यालयमा क्लबका सदस्यको एक छोरा वा छोरीलाई भर्ना शुल्कको साथै मासिक शुल्कमा सत प्रतिशत छुट दिने जानकारी दिए । उनले यो सुविधा क्लबमा आवद्ध रहेका सदस्यहरुका छोराछोरीको लागि मात्र रहेको जनाए । भैरहवा क्षेत्रमा शिक्षा क्षेत्रको विकासको लागि एवम् संस्थागत उत्तरदायित्व अन्तरगत यस्तो समझदारी भएको पोखरेलले बताए । लुम्बिनी प्रेस क्लब र प्याब्सनको यो समझदारीले क्लबलाई मात्र नभई प्याब्सनको पनि प्रचार हुने उनले बताए ।

parasi add.jpg

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले प्याब्सनको यो निर्णयले पत्रकाहरुको आर्थिक बोझ केही हदसम्म भएपनि कम गर्ने बताईन । तत्कालको लागि भैरहवाको लागि मात्र भए पनि क्लबमा आवद्ध अन्य क्षेत्रका पत्रकारका लागि पनि यो सुविधा थपिदै जाने उनले बताईन । क्लबले प्याब्सनसँग सम्झौता गरे पनि समाचारको लागि भने कुनै सम्झौता नगर्ने बताईन । उनले पत्रकारको काम भनेकै सूचना दिने रहेको कारण यस क्षेत्रका विद्यालयहरुको सकारात्मक कामलाई सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

शुक्रबार भैरहवामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना, पूर्व अध्यक्ष दिपेश पछाई, प्याब्सन केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी, प्याब्सन लुम्बिनी प्रदेश सह कोषाध्यक्ष महेश भुर्तेल, प्याब्सन सिद्धार्थनगर सचिव राजेन्द्र घिमिरे लगायतको सहभागीता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार