Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा मा.वि.को नेतृत्वमा भिम


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८० शनिवार
  • 1.3K
    SHARES

‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा मा.वि.को नेतृत्वमा भिम

 

भैरहवा असार 
‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालयको ‘तेस्रो अधिवेशन तथा साधारणसभा’ आज एक समारोहका बिच सम्पन्न भएको छ । भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष ओम प्रसाद पुनको सभापतित्व एवमं पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको थियो ।


अधिवेशनबाट भिम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्रसिंह खड्का र दिलमाया थापा, महासचिवमा माधव शर्मा, सचिवमा गजेन्द्र कोहार, कोषाध्यक्षमा निता क्षेत्री, सह–कोषाध्यक्षमा रेखा थापा निर्वाचित भएको छ ।

pardesh add 11 a.jpg

यसैगरि सदस्यमा मनिष श्रेष्ठ, पवन थापा, प्रविण धवल, दिपेन्द्र अधिकारी, संजय कुमार गुप्ता, वेचेन्द्र यादव, चन्दन राना रहेको छ भने समितीको प्रमुख सल्लाहकारमा पुर्व छात्र तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना रहनु भएको छ । 
कार्यक्रममा व्यवस्थापन समितीका अध्यक्ष सुशील गुरुङ्गले यस समाजको गठनमा विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरुको समावेशी प्रतिनिधित्व रहेकाले भोलिका दिनमा देश–विदेशमा रहेका पूर्व विद्यार्थीहरुको विचमा मजबुत सम्बन्ध स्थापित गर्न सफल रहने र अन्तत विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न टेवा प्रदान गर्ने विचार राख्नुभएको थियो । 

vim hospital.jpg
कार्यक्रममा समाजसेवी याम बहादुर थापा, जनप्रतिनिधि अनिल कुमार केसी, सन्तोष गुरुङ्ग, अमर पुन, दिप गुरुङ्ग, विनोद कुमार, तेजेन्द्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा पुर्व छात्र माधव शर्माकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार