काठमाण्डौ असार २१/
एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो। यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए।
