Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एसइई रिजल्ट, यस्ताे छ जिपिएकाे अवस्था


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०८० बिहिवार
  • 460
    SHARES

एसइई रिजल्ट, यस्ताे छ जिपिएकाे अवस्था

काठमाण्डौ असार २१/

एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो। यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र  तल्लो जिपिएमा नम्बर घट्दो रहेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए। 

356971354_981328486354450_188214041271402495_n.jpg

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या २२ हजार चार सय ७५ छ। जुन कुल परीक्षार्थीको ४.६३ हाे। 

gpa.jpg

त्यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ७२ हजार तीन सय ६२, २.४ देखि २.८ जिपिए ल्याउनेकाे संख्या ८९ हजार तीन सय ३१ छ। २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्। उनीहरूकाे संख्या लाख दुई हजार दुई सय ९३ छ। 

एसइईमा १.६ देखि २.० जिपिए ल्याउनेको संख्या ८८ हजार चार सय ४७, १.२० देखि १.६० जिपिए ल्याउने ३८ हजार सात सय ७० र ०.८० देखि १.२० जिपिए ल्याउनेकाे संख्या दुई हजार दुई सय छ 

 

एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। 

जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार ६ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।यसपटक फरक हिसाबबाट अंग्रेजी, गणित र विज्ञानकाे स्तरीकृत परीक्षा पनि सञ्चालन भएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार