Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

काशी नोबल एकेडेमीका विद्यार्थी अमन बेल्वासे ल्याए ३.९५ जिपिए


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८० शनिवार
  • 440
    SHARES

काशी नोबल एकेडेमीका विद्यार्थी अमन बेल्वासे ल्याए ३.९५ जिपिए


भैरहवा असार २२/
 काशी नोबल एकेडेमीका विद्यार्थी अमन बेल्वासे रुपन्देही जिल्लामै प्रथम भएको विद्यालयले दावी गरेको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै बेल्वासे जिल्ला प्रथम भएको दावी गरेको हो ।
बेल्वासेले २०७९ सालको एसइइ परिक्षामा ३ दशमलव ९५ जिपीए ल्याएका छन । रुपन्देहीमा बेल्वासे सहित १५ जनाले ३ दशमलव ९५ जिपीए ल्याएका छन । १५ जना नै बराबर जिपिए ल्याएकोले यी सबै जिल्ला प्रथम भएका हुन । काशी नोबल एकेडेमीमा प्रधानाध्यापक राजेन्द्र घिमिरेले भने ‘अहिलेको ग्रेडिङ्ग प्रणाली अनुसार जिल्लामा यो अत्याधिक नम्बर हो ।’

सिद्धार्थनगर नगर पालिक वडा नम्बर ९ निवासी अमन काशी नोबेल एकेडेमीमा १७ औ ब्याचका बिद्यार्थी हुन । अहिले सम्म यस बिध्यालयबाट १ हजार १ सय ३८ जना बिद्यार्थी पास भएको प्राचार्य घिमिरेले जानकारी दिए । २०७९ सालमा एसइइ काशीबाट ९७ जनाले परीक्षा दिएकोमा २ जनाले १ दशमलव ६ देखि २ जिपिए भन्दा कम ल्याएका छन ।

यस्तै २ भन्दा माथी २ दशमलव ४ भन्दा कम ल्याउनेको संख्या १० जना, २ दशमलव ४ भन्दा माथी २ दशमलव ८ भन्दा कम ल्याउने बिद्यार्थीको संख्या २८ जना रहेको घिमिरेले बताए । २ दशमलव ८ भन्दा माथी ३ दशमलव २ भन्दा कम ल्याउने बिद्यार्थी २६ जना, ३ दशमलव २ भन्दा माथी ३ दशमलव ६ भन्दा कम ल्याउने २२ जना एवम ३ दशमलव ६ माथी ४ भन्दा कम जिपिए ल्याउने बिद्यार्थी ९ जना रहेको उनले बताए ।

काशी नोबल एकेडेमीका अध्यक्ष ओम जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेल, लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्मा, अमन बेल्वासेको आमा उषा बेल्वासे, बुवा झविन्द्र बेल्वासेले बोलेका थिए । कार्यक्रमको सन्चालन बिध्यालयका सह(प्राचार्य श्री रायमाझीले गरेका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार